Comments Add Comment

लिपुलेक सम्झौताबारे चिनियाँ धारणा माग्न प्रधानमन्त्रीलाई १० विद्यार्थी संगठनको आग्रह

Student-meet
४ चैत, काठमाडौं । नेवि संघ, अनेरास्ववियु र क्रान्तिकारीसहितका १० विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रमाम लिपुलेख सम्झौताबारे चिनियाँ धारणा माग गर्न आग्रह गरेका छन् ।

१० विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणमा लिपुलेक सम्झौता सच्याउने पहल गर्न र त्रिदेशीय सीमा विन्दु पहिचान गरी विर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । साथै तातोपानी नाका खोल्न र इन्धनको बैकल्पिक आयातबारे ठोस पहल गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई सुझावसहित ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

बैठकले स्ववियु निर्वाचनको पहल गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । साथै संस्थागत/निजी विद्यालयको शुल्क निर्धारण मापदण्ड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विद्यालयहरुले कानून विपरित थोत्रा सवारी साधानबाट विद्यार्थी ओसारपासर गरेको भन्दै छानविन गर्न माग गरेको छ । साथै विद्यालय तहको शिक्षामा वैदेशिक शैक्षिक कार्यक्रम नभित्र्याउन र अनुमति विना चलेका शैक्षिक संस्थाहरु बन्द गर्ने सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment