+
+

टी-२० विश्वकपमा अष्ट्रेलियाविरुद्ध न्यूजिल्याण्डको रोमान्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ५ गते १०:१०

Australia-v-New-Zealand

५ चैत, काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले अष्ट्रेलियामाथि ८ रनको रोमान्चक जित हात पारेको छ । लगातार दोस्रो जितसँग न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

धर्माशालामा न्यूजिल्याण्डले १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा २२ रन चाहिएको थियो ।

एन्डरसनले ओभरको पहिलो बलमा नै जेम्स फल्कनरको विकेट लिए । दोस्रो बलमा एक रन आयो । तर, तेस्रो बलमा पिटर नेभिलले छक्का हान्दै अष्ट्रेलियाको आश कायमै राखे भने खेल थप रोमान्चक बन्यो ।

चौथो बलमा नेभिलले एक रन लिए । तर, पाँचौ बलमा एन्डरसनले अल्टर नाइलको विकेट लिए र न्यूजिल्याण्डको जित सुनिश्चित गरे । उसका लागि उस्मान खवाजाले सर्वाधिक ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाको थियो । उसका लागि मार्टिन गुप्टिलले ३९ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?