+
+
Shares

बैदेशिक रोजगारीमा हुनुहुन्छ ? सरकारी बचतपत्र खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ७ गते १२:४२

NRB-Photo७ चैत, काठमाडौं । तपाईलाई विदेशमा दुःख गरेर कमाएको पैसा घरपरिवारले फजुल खर्च गरेर हैरान बनाएका छन् ? तपाई विदेशमा कमाएको पैसा विदेशमै बसीबसी सुरक्षित लगानी गर्ने ठाउँ खोजिरहनुभएको छ ? यदि छ भने सरकारले नयाँ प्रस्ताव अघि सारेको छ ।

आज (आइतबार) देखि सरकारले विदेशमा रहेका नेपालीहरुले लगानी गर्न मिल्ने बैदेशिक रोजगार बचतपत्र निष्काशन सुरु गरेको छ । चालू आर्थिक वर्षभित्रै ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको हो ।

यो बचतपत्रमा लगानी गर्नेले वाषिर्क ९ प्रतिशत ब्याज पाउँछन् । अहिले बैंकहरुले निक्षेपमा ३/४ प्रतिशत ब्याज दिइरहेका बेला ९ प्रतिशतको ब्याज निकै आकर्षक हो । यो सरकारी बचतपत्र भएकाले डुब्ने सम्भावना नहुने सरकारी अधिकारीको दाबी छ ।

ब्याजको भुक्तानी भने हरेक ६/६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ । बैदेशिक रोजगारीमा कार्यरत र घर फर्किएको चार महिना ननाघेकाहरुले बचतपत्रमा घटीमा बचतका लागि ५ हजार रुपैयाँदेखि बढीमा ५ हजार रूपैयाँले भाग गर्दा निषाेश भाग जाने अंकमा बढीमा २५ करोड रूपैयाँसम्मका लागि अावेदन दिन सकिनेछ ।

आजदेखि यही चैत २४ गतेसम्म विभिन्न स्थानमा आवेदन दिनुपर्ने छ । र, सरकारले चैत २९ गते निष्काशन गर्नेछ । ०७७ चैत २९ गते सावाँ भुक्तानी गरिनेछ ।

प्रभु बैंक, प्रभु मनि टान्सफर, आइएमइ, सिटी एक्सप्रेस मनि टान्सफर, सेञ्चुरी बैंक, सानिमा बैंक, सनराइज बैंक र सेवा रेमिटका प्रतिनिधि कार्यालय एवं एजेन्टकहाँ बचतपत्रको आवेदन दिन सकिने छ ।

आफू वा आˆनो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । यो बचतपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने राष्ट बैंकले जनाएको छ ।

त्यसरैगरी, ६ ६ भहिनामा गरिने व्याज भुक्तानी बचतपत्र खरिदर्ता स्वयंको वा उसले चाहेको व्यक्तिको बैंक खातामै जम्मा हुने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । बचतपत्रमा आवेदन दिनका लागि एजेन्ट, बैंकहरु तथा राष्ट्र बैंकको वेबसाइटमार्फत निशुल्क प्राप्त गर्न सकिने छ ।

राहदानी, कार्यरत मुलुकको भिसा, कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्र, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचरसहित आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । परिवारका सदस्यका नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपीसहित आवेदन दिनुपर्ने राष्ट बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?