+
+

स्थिर सरकार नहुँदा कानून कार्यान्वयनमा कठिनाईः राज्यमन्त्री साह

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ७ गते १७:३२

Danta-Helth७ फागुन, काठमाडौ । शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दीपनारायण साहले नेपालमा स्थायी सरकार नभएकाले नियम कानूनहरु कार्यान्वयनमा कठिनाई भएको बताएका छन् ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल साईन्स एसोसिएसनले आईतवार रिपोटर्स क्लब नेपालमा आयोजना गरेको ‘दक्ष जनशक्तिलाई प्रोत्साहन गरौ, अदक्ष जनशक्तिलाई निरुत्साहित गरौ’ भन्ने बिषयमा आयोजित अन्तरक्रियामा राज्यमन्त्री शाहले प्रत्येक सरकारी स्वास्थ्य सस्थामा डेन्टिसको दरबन्दी सृजना गरेर उत्पादन भएका दक्ष जनशक्तिलाई राज्यले उपयोग गर्नुपर्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रमा पहिलादेखिनै कमीकमजोरी भएकोले समस्या उत्पन्न भएको भन्दै यसलाई विस्तारै सुधार गर्दै लानु पर्नेमा बताए ।

नेपाल डेन्टल साईन्स एशोसिएसनका अध्यक्ष माईकल देवकोटाले सबै सरकारी स्वास्थ्य संस्थाहरुमा दन्त चिकित्सकको अनिवार्य दरवन्दी सृजना गर्न माग गरे ।

देबकोटले १४ दिने डब्लुएचओ तालिमको अवस्था खारेज गर्नु पर्ने, विना दर्ता सञ्चालन भएका क्लिनीकहरु खारेज गर्नु पर्ने र स्वास्थ्य निर्देशिका परिवर्तन गर्नु पर्ने माग गरे ।

पारा मेडिकल एसोसिएनकी उपाध्यक्ष सोभा गौतमले सरकारले ऐन कानून नबनाउँदा स्वास्थ्यकर्मीहरुको अधिकार सुनिश्चित नभएको भन्दै त्यसकालागि एक जुट भएर स्वास्थ्यकर्मीहरु सबै उठ्नु पर्ने आवश्यकता औल्याईन ।

नेपाल स्वास्थ्य ब्यवसायी परिषदका अध्यक्ष दिपेन्द्रकुमार झाले दर्ता विना क्लिनक खोल्नु अपराध भएकोभन्दै अहिले आफूहरुले सर्टिफिकेट भएकाहरुको मात्रै दर्ता गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?