Comments Add Comment

माओवादी गौरवशाली होइन कौरवशालीः लोकेन्द्र विष्ट

lokendra-bista-magar_new१० चैत, काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टले माओवादी पार्टी गौरवशालीभन्दा कौरबशाली बनेको बताएका छन् ।

आन्तरिक कलहका कारण माओवादी थुप्रै टुक्रा बनेको उल्लेख गर्दै नेता विष्टले भने-‘बिग्रेका कार्यशैली सच्याएर माओवादीबीच एकता गर्न आवश्यक छ’ उनले भने, ‘यसका लागि म पार्टी सदस्य भएर काम गर्न पनि तयार छु ।’ नेता विष्टले सपना देख्न छोड्न नहुुने र बनेको संविधानलाई संघर्षको थलो बनाउनु पर्नेमा जोड दिए ।

राजधानीको संवाद डवलीमा क्रान्तिकारी कम्युुनिष्ट पार्टीद्धारा आयोजित ‘वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको दिशा’ विषयक विचार गोष्ठीमा माओवादीका नेताहरुले नेपालका विभाजित माओवादी पार्टीहरु एक नभई देशको विद्यमान समस्या हल नहुुने र आरोलो लागेको माओवादीको हैसियत समेत कायम हुुन नसक्ने भएकाले एकतामा जोड दिए ।

क्रान्तिकारी कम्युुनिष्ट पार्टीका महासचिव मणि थापाले माओवादी पार्टीहरुको भविश्य संकटमा रहेकाले एकता अनिवार्य बन्न गएको बताए ।

नेकपा (माओवादी क्रान्तिकारी) का नेता कुलप्रसाद केसीले फेरि जनयुुद्ध, जनयोद्धा र माओवादी आन्दोलनको केन्दि्रकरण विना जनयुद्धका उपलब्धीको रक्षा र बाँकी क्रान्तिको कार्यभार पुुरा नहुुने बताए ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले माओवादी पार्टीहरु क्रान्तिको बाँकी कार्यभार पुुरा गर्ने सन्दर्भमा एकता गर्न सक्ने बताए । उनले त्यसका लागि माओवादीका शीर्ष नेतृत्व तहका नेताहरुले जनता र आम कार्यकर्ताको भावना नबुुझेको सन्दर्भ प्रस्तुत गर्दै भने, ‘माओवादी संकट आएपछि मात्र एक हुनेजस्तो र अघिपछि वास्तै नगर्नेजस्तो नेता गण देखा परेका छन् ।’

नेकपा (माओवादी) का नेता गोपाल ठाकुरले मधेशको समया हल नगरी नेपालको समस्या हल नहुने दावी गर्दै पार्टी एकताको आधार नेतृत्वमा क्रातिकारी विचार हुनपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment