Comments Add Comment

प्रधानमन्त्रीज्यू, क्वारेन्टाइनस्थलबाटै कोरोना फैलियो !

१० जेठ, झापा। प्रधानमन्त्रीको गृहजिल्ला झापाका कांग्रेस नेताहरुले जिल्लामा कोरोना संक्रमितको उपचार र क्वारेन्टाइनस्थलको राम्रो व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । क्वारेन्टाइनस्थलहरु मापदण्ड अनुसार सञ्चालन नहुँदा त्यहीँबाट कोरोना संक्रमण फैलिएको स्थानीय नेताहरूको निश्कर्ष छ ।

शनिबार झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै कांग्रेस नेताहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । जिल्लाको कचनकवल गाउँपालिका लगायत सीमा क्षेत्रमा कोरोना संक्रमण फैलिँदै गएको भन्दै संक्रमितको उपचार र क्वारेन्टाइनस्थल मापदण्डअनुसार सञ्चालन गर्न उनीहरूले माग गरेका छन् ।

झापा ३ का क्षेत्रीय सभापति, महासमिति सदस्य भूमि राजवंशी, सीताराम खड्का, कालेन्द्रसिंह राजवंशी, गीताप्रसाद भट्टराई, चिन्तामणि खरेल र तुलाराम अधिकारीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएका हुन् ।
कचनकवल गाउँपालिकाका पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय र महेन्द्ररत्न माविका क्वारेन्टाइनमा मापदण्ड पालना नगरिएको उनीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस झापा गाउँपालिकामा संक्रमित भेटिएकै दिन भारतबाट ८७ जना छिरे

यहाँको क्वारेन्टाइनस्थलमा बस्ने ३३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भई उनीहरुलाई उपचारका निम्ति विराटनगर तथा धरानका अस्पतालमा राखिएको छ । एउटै गाउँपालिकामा यत्रो संख्यामा कोरोना संक्रमणको पुष्टि भइसक्दा समेत अझैसम्म क्वारेन्टिनमा बस्ने ठूलो संख्याका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न स्वाब संकलनसम्म नगरिएको ज्ञापनपत्रमा जनाइएको छ ।

‘यस्तो भयावह स्थितिका सम्वन्धमा गाउँपालिका र सम्वन्धित स्वास्थ्यकर्मीसंग बुझ्दा स्वाब संकलनका लागि आवश्यक किटसको अभाव रहेको जवाफ निजहरुबाट पाइएको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

कांग्रेस जिल्ला नेताहरुले स्वाब संकलनका लागि आवश्यक किट र पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गरी क्वारेन्टाइन स्थलमा रहेका सबैको पीसीआर विधिबाट परीक्षण गर्न माग गरेका छन् । भारतलगायत देशबाट आउने सम्भावित संक्रमितलाई सुरक्षित तवरले तुरुन्तै क्वारेन्टिनमा राखी उनीहरुको संक्रमणको स्थिति पत्ता लगाउन पनि कांग्रेस नेताहरुले माग गरेका छन् ।

त्यस्तै संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई तुरुन्त अलग गरी आवश्यक चिकित्सकीय सेवा प्रदान गर्न पनि माग गरेका छन् ।

हेर्नुहोस् प्रधानमन्त्रीलाई पठाइएको पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment