
१० जेठ, बुटवल । पक्राउ परेका नेतालाई रिहाइको माग गर्दै समाजबादी पार्टीले जिल्ला प्रशासान कार्यालय, कपिलवस्तुअगाडि प्रदर्शन गरेको छ ।
समाजवादी पार्टीका युवा संगठनका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई प्रहरीले पक्राउ गरेको विरोध र रिहाइको माग गर्दै कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
क्वारेन्टाइनमा रहेकाहरूको कोरोना टेस्ट छिटो गर्न माग गर्दा युवा नेता खानलाई प्रहरीले नियन्त्रणमा लिएको. पार्टीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी कुशहवा बढनीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले भने खानले कोरोना पोजेटिभ देखिएका व्यक्तिलाई आइसोलेसनमा लैजाने क्रममा विरोध गरेको र सुरक्षाकर्मीलाई दुव्र्यवहार गरेकाले पक्राउ गरिएको बताए ।
समाजवादी पर्टीका जिल्ला नेता शैलेन्द्रकुमार यादवले खानलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
प्रतिक्रिया 4