+
+
Shares

जनकपुरमा अतिक्रमित गुठीको जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध गुठीकुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिले प्रदर्शन गरेको छ।
  • समितिले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।
  • अध्यक्ष सन्तोष साहका अनुसार गुठी र कुट्टीमा ३० देखि ३५ हजार मानिस पुस्तौंदेखि बसोबास गरिरहेका छन्।

९ असोज, जनकपुरधाम । जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन गरिएको छ । गुठीकुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुरधामको विभिन्न भागमा प्रदर्शन गरेको हो ।

संघर्ष समितिले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

संघर्ष समितिका अध्यष सन्तोष साहले विगतमा सरकारलाई पटक पटक ज्ञापन पत्र बुझाएको तर, सरकार आफूहरुको माग सम्बोधन नगरेकोले आन्दोलनमा उत्रिएको बताए ।

उनले जनकपुरधाममा जनकपुरधामको गुठी र कुट्टीमा ३० देखि ३५ हजार मानिस घर बनाएर पुस्तौदेखि बसिरहेको बताए ।  तर सरकारले आफ्नो तथ्यांक सही रुपमा तथ्यांक तयार नगरी अतिक्रमण कारी भन्दै तोडफोडमा उत्रेकाले आफूहरु विरोधमा उत्रेको उनको भनाइ छ ।

गुठीको जग्गामा बसोबास गरिरहेका व्यक्तिहरुको  जग्गाको एकिन गरी सरकारको मुआब्जा लिएर रैथानी नम्बरीमा परिणत गर्न आफूहरुको माग रहेको बताए ।

सरकारले माग सम्बोधन नगरे र अतिक्रमित जग्गा खाली गराउने प्रयास गरे ठूलो आन्दोलन गर्ने अध्यक्ष साहले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?