Comments Add Comment

झापा गाउँपालिकामा संक्रमित भेटिएकै दिन भारतबाट ८७ जना छिरे

१० जेठ, कनकाई (झापा) । झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएकै दिन भारतबाट ८७ जना मानिस भित्रिएका छन् ।

विभिन्न स्थानीय तहमा पठाउने गरी सीमामा अड्किएका उनीहरुलाई नेपाल छिराइएको हो ।

त्यहाँस्थित सशस्त्र प्रहरी बल स्रोतका अनुसार नेपाल प्रवेश गरेकामध्ये १६ जनालाई डिल्लीराज मावि, टाघनडुब्बाको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । यहीँ राखिएका एक जना ३३ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाका अनुसार संक्रमित व्यक्ति झापा गाउँपालिकाकै हुन् । अन्य स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै लगेका छन् र त्यहीँ क्वारेन्टाइनमा राखिएका छन् ।

संक्रमित व्यक्ति ४ जेठमा सीमामा आइपुगेका थिए । बम्बईबाट उनीसहित तीन जनाको टोली सीमामा आएका थिए । त्यहाँबाट उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । तीनै जनाको कोरोना परीक्षण गरिए पनि एक जना मात्र कोरोना पोजेटिभ देखिएको हो ।

हाल क्वारेन्टाइनमा २२ जना व्यक्ति रहेको निरौलाले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीज्यू, क्वारेन्टाइनस्थलबाटै कोरोना फैलियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment