 
																			१० जेठ, वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित एक कबाडी गोदाममा शनिबार अपराह्न आगलागी भएको छ ।
अपरान्ह ३ बजेको समयमा हिरालालप्रसाद साह सोनारको प्लास्टिकको कबाडी गोदाममा आगलागी भएको पर्साका डीएसपी वीरेन्द्रबहादर शाहीले जानकारी दिए ।
सोनारले अरुको जमिन भाडामा लिएर सञ्चालन गरेको प्लास्टिकको कबाड गोदाममा आगलागी हुँदा करिब एक लाख पचास हजार बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
डीएसपी शाहीले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा आगलागीबाट करिब एक लाख पचास हजार बराबरको क्षति भएको छ । आगलागीको कारण भने खुल्न सकेको छन् । अनुसन्धानपछि मात्रै आगलागीको कारण खुल्ने छ ।’
स्थानीयवासिन्दा, प्रहरी र अग्नी नियन्त्रकको टोलीले झण्डै पौने घण्टाभित्रमा आगो नियन्त्रणमा लिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4