Comments Add Comment

खडेरीले मुलहरु सुकेपछि रारा तालको सतह घट्यो

rara tal (2)

कविराज कार्की

१२ चैत, मुगु ।  गत साउनबाट पानी नपर्दा मुगु खडेरीको सामना गरिरहेकेा छ । जसबाट  रारा ताल पनि अछुतो रहेन ।

खडेरीले वाली नाली नष्ट गर्नुका साथै पानीका मुहानहरु समेत सुकायो । राराताल किनारमा रहेका सयौ साना साना मुलहरु सुके पछि तालको सतह यतिखेर करिव साढे १ मिटर तल झरेको छ ।

खडेरीले मुहान सुक्दै गए पछि मुगु कर्णाली नदि समेत  घटेको छ । चर्को खडेरीले जमिन पुरै सुक्खा र उजाड भएको छ । माघ ६  गते र फागुको अन्त्यमा परेको हिमपात र बर्षाले सुकेका मुलहरुलार्इ समेत फर्काउन सकेको छैन ।

rara tal (1)

तालका किनारामा राखिएका पानी मापन स्केलहरु पुरै ओभाना र पानीको सतह भन्दा माथि रहेका छन् । पानीले भरीने तालको किनारा यति खेर बगर जस्तै बनेको छ । तालको पानी निकास हुने पश्चिम तर्फ बनाइएको पानीको बहाव नाप्ने ठाँउमा समेत पुरै सुकेको अवस्था छ । गत बर्षहरुमा यतिखेर स्थानिय भाषामा एक घट्टे पानी बग्ने गरेको स्थानियवासी बताउछन् ।

प्रयाप्त र लामो बर्षा नहुने हो भने ताल खुक्ने क्रम निश्चित देखिन्छ । जलवायु परिवर्तनका कारण यस्तो अवस्था आएको  बुद्दिजिवीहरुको अनुमान रहेको छ ।

खडेरीले ताल किनारका केहि झाडिहरु समेत सुकेका देखिन्छन् । प्रयाप्त पानी नपर्ने हो भने भएका मुहान समेत सुके पछि झनै कहालीलाग्दो समय आउने सक्ने जो कोहिको पनि अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment