Comments Add Comment

सार्वजनिक सेवालाई चुस्त बनाउन सरकार क्रियाशीलः मन्त्री शर्मा

Rekha-Sharma

१४ चैत, काठमाडौं । सामान्य प्रशासनमन्त्री रेखा शर्माले सार्वजनिक सेवाप्रवाह सुधार नहुनुमा राजनीतिक र प्रशासनिक नेतृत्व दोषी रहेको बताएकी छन् ।

राजनीतिक तथा प्रशासनिक नेतृत्वले राजनीतिक परिवर्तनको भावनाअनुसार प्रशासनिक संयन्त्रमा रुपान्तरणका लागि चासो नदेखाएको परिणाम सार्वजनिक सेवा प्रवाहमा सुधार आउन नसकेको बताइन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा उनले कुनै एक व्यक्तिको प्रयासले मात्रै प्रशासनिक संयन्त्रका बेथिति अन्त्य नहुने भन्दै निजामती प्रशासनलाई चुस्त बनाउन सरकार क्रियाशील रहेको बताइन् ।

पहुँचवालाको काम फटाफट हुने तर सर्वसाधारणको काम गर्न हप्तौं लाग्ने गरेको तथा काम गराउँदा पनि घुस माग्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

बैठकमा समितिका सदस्यहरुले सार्वजनिक सेवा सुधारका लागि अनुगमन, निरीक्षण र कारवाही गर्न विभिन्न्ा संयन्त्र रहे पनि ती संयन्त्रहरु क्रियाशील नभएकोमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सरकारी निकायबाट पाउने सेवाका हप्तौं कुर्नुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्या रहेको भन्दै गणतन्त्र स्थापना र संविधान जारी भएको प्रत्याभूति हुने गरी काम गर्न उनीहरुले मन्त्री शर्मालाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment