+
+
Shares

निजीलाई जिम्मा दिएर सार्वजनिक विद्यालयको गुणस्तर सुधार सम्भव छैन : रेखा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १४:५१

२६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले निजीलाई जिम्मा दिएर सार्वजनिक विद्यालयको गुणस्तर सुधार सम्भव नरहेको बताएकी छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न निजी विद्यालयसँग साझेदारी गर्ने विषय छ । यस्तो विषय परिकल्पना मात्रै गर्न सकिने सांसद शर्मा बताउँछिन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले शिक्षाका विषय सरकारले नीति तथा कार्यक्रममा दश वटा बुँदामा समेटेको स्मरण गरिन् । ‘तर, शिक्षा सुधारको मुर्त योजना देखेको छैन,’ उनले भनिन् ।

विद्यालय शिक्षा सुधारका लागि आएका योजना पनि सफल हुन नसक्ने रहेको उनले बताइन् । उनी भन्छिन्, ‘विद्यालयको शिक्षाको गुणस्तर सुधार कसरी हुन्छ ? भन्दा निजीसँग सहकार्य गरेर भन्ने छ । मलाई लाग्छ–निजीलाई जिम्मा दिने विषय उठाएर सार्वजनिक विद्यालयको गुणस्तर सुधार्न खोज्नु यो परिकल्पना मात्रै हो, यो सम्भव छैन ।’

आफू प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्यको रुपमा समेत काम गरिरहेको उल्लेख गर्दै उनले यस्तो बताएकी हुन् ।

यो समितिमा विद्यालय शिक्षा विधेयक दफावार छलफल चलिरहेको छ । विधेयक माथिको छलफलमा प्राप्त गरेको अनुभवको आधारमा समेत आफूलाई शिक्षा नीतिमा सिफ्ट नै गर्न आवश्यक रहेको लागेको उनले बताइन् ।

राज्य कोषबाट सेवा सुविधा लिनेका सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था आउन सके शिक्षामा नयाँ वातावरण विकास भएर जाने उनको अनुभव छ ।

‘विद्यालय शिक्षा सुधार गर्ने हो भने कम्तिमा राज्य कोषबाट सेवा सुविधा लिनेले सार्वजनिक विद्यालयमा आफ्ना सन्तानलाई पढाउनुपर्ने भन्न सक्छौं । यो विषय नीति तथा कार्यक्रममा आउन सकेको भए राम्रा हुन्थ्यो,’ उनले भनिन् ।

संविधानले अनिवार्य तथा निशुल्क शिक्षा भनेको छ । तर, यस मर्म अनुसारको नीति तथा कार्यक्रम आउन नसकेको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?