News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ।
- शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले धुम्बाराहीबाट पक्राउ गरेको थियो।
- काठमाडौं महानगरपालिकाले २०८१ जेठ १४ गते बालिकालाई उद्धार गरेको थियो।
१६ चैत, काठमाडौं । बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालले इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो । आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।
काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।
नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेपछि महानगरले ती बालिकाको उद्धार गरेको थियो । त्यतिबेला मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले उक्त विषयमाथि प्रश्न समेत गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना भएको थियो ।
शर्माविरूद्ध २०८१ गत माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।
प्रतिक्रिया 4