Comments Add Comment

कोहलीलाई रुटसँग तुलना गर्दा अमिताभ बच्चन आक्रोसित

Amitabh-Bachchan-and-Andrew-Flintoff

१६ चैत, नयाँ दिल्ली । ईंग्ल्यान्डका पूर्व क्रिकेट कप्तान एन्ड्रयू फ्लीन्टफले भारतीय क्रिकेटर विराट कोहलीको बारेमा गरेको ट्वीटले भारतीय अभिनेता अमिताभ बच्चनलाई आक्रोसित बनाएको छ ।

फ्लीन्टफले आफ्नो ट्वीटरमा लेखेका थिए, ‘यसरी नै खेल्दै गए भने कोहली एक दिन जोय रुटको हाराहारीमा आउन सक्छन् । निश्चित छैन, फाइनलमा इंग्ल्याण्डले कसलाई भेट्ने छ ।’

जोय रुट इंग्ल्यान्ड क्रिकेट टिमका ब्याट्सम्यान हुन्, जसले जारी जारी टि-२० विश्वकपमा इंग्ल्याण्डलाई सेमिफाइनलमा पुर्‍याउन मुख्य भूमिका खेले ।

रुटसँग तुलना गर्दा विराटको अवमूल्यन भएको अमिताभले महसुस गरेका छन् । उनले कोहली र फ्लीन्टफलाई मेन्सन गरेर छुद्र शब्दमा जवाफ दिए । अमिताभले लेखे, ‘को हो रुट ? त्यसलाई जरैदेखि उखेलिदिनेछौं ।’

त्यसपछि अमिताभलाई मेन्सन गर्दै फ्लीन्टफले सोध, ‘सरी, यो को हो ?’

फ्लीन्टफले अमिताभलाई नचिनेपछि भारतीयहरु भड्किए । क्रिकेटर रवीन्द्र जडेजाले हिन्दीमा लेखे, ‘रिस्ते मे तो वो तुम्हारे बाप लग्ते है । नाम है सहेम्सा ।’

रवीन्द्रको कुरा नबुझेर होला, फ्लीन्टफले कुनै जवाफ दिन भ्याएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment