+
+

नाङ्गै सुत्छन् जोन अब्राहम, डन्डिफोरका कारण यूवतीका अगाडि लाज

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १६ गते १३:०४

john hot
बलिउडका चर्चित एवं हट नायक जोन अब्राहमले आफू नाङ्गै सुत्ने गरेको खुलासा गरेका छन् । आफ्ना फ्यानहरुसँग लाइभ च्याट गर्दै जोनले आफ्ना केही गोप्य कुराहरु खुलाएका हुन् । जसमा उनले आफूलाई नाङ्गै सुत्दा सहज हुने बताएका हुन् ।

जोनले फ्यानसँग कुरा गर्दै आफ्नो कलेज जीवनको पनि कुरा शेयर गरेका छन् । उनको कलेज लाइफमा अनुहार भरी डन्डिफोर थियो । डन्डिफोरका कारण जोन केटीको अगाडि लजाउथ्य । जब कुनै केटी अगाडि आउथिन्, जोन उनको अनुहारमा हेर्न सक्दैनथ्य । ती यूवतीले आफ्नै डन्डिफोरमा हेरेको जस्तो जोनलाई लाग्थ्यो ।

यस्तै, जोनले एक शिक्षिकाका लागि जर्मन भाषा पढेको पनि सुनाएका छन् । उनी आफैलाई पढाउने एक जर्मनी महिलालाई खुबै मन पराउथ्य । यसैले उनले उनका लागि जर्मन भाषा नै पढेका थिए । जोनले आफ्नो अफिस र घर कतैपनि आफ्नो फोटो नभएको पनि फ्यानसँगको कुराकानीमा खुलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?