Comments Add Comment

राजुले माफी मागे, अर्चना पनेरुकै नाममा फिल्म बन्ने

archana and raju photo
चलचित्र विकास बोर्डबाट कुनै पनि इजाजत नै नलिई चलचित्र छायांकन गरेका निर्देशक राजु गिरीले आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् । आज काठमाण्डौमा पत्रकार भेटघाट गर्दै राजुले आफूलृे राज्यले बनाएको नियमलाई उल्लंघन गर्न खोजेर गम्भिर अपराध गरेको भन्दै एक पटकलाई माफी दिन सबैस“ग आग्रह गरेका छन् ।

चलचित्रकी मुख्य कलाकार अर्चना पनेरु पनि सो पत्रकार भेटघाटमा उपस्थित थिइन् । राजुले आफूले अन्जानमा गल्ती गरेको भन्दै एक पटक सबैले माफी दिने र अरुलाई पनि यस्तो गल्ती नगर्न आग्रह गरेका छन् । चलचित्र विकास बोर्डले आफ्नो आँखा खोलिदिएको भन्दै राजुले आफूले चलचित्र निर्माण गर्न थालेको लामै समय भैसक्दा पनि कतिपय नीति र नियमबाट अनविज्ञ भएको जनाएका छन् । चलचित्र विकास बोर्डको प्रशंसा गर्दै राजुले अब आइन्दा यस्तो गल्ती नदोहो¥याउने बताएका छन् । साथै उनले चलचित्रको नाम ‘जिस्म’बाट परिवर्तन गरेर ‘अर्चना’ राखिएको पनि बताएका छन् । यो नाम चलचित्रकी मुख्य कलाकार अर्चनाको नामबाट राखिएको हो ।

चलचित्र विकास बोर्डले इजाजत विना नै चलचित्र छायांकन गरेको भन्दै जिल्ला पं्रशासन कार्यलय कास्कीलाई अनुरोध गरेपछि कास्की प्रहरीले चलचित्रको यूनिट र सामान जफत गरेको थियो । चलचित्रको यूनिटलाई तारिखमा छाडेपनि सामान भने अझै प्रशासनकै नियन्त्रणमा छ । राजुले माफी मागेर नाम परिवर्तन गरेपछि उनको जफत गरिएको सामान फिर्ता हुने संभावना छ ।  चलचित्र विकास बोर्ड पनि नाम परिवर्तन गर्दै निर्देशकले माफी मागेपछि इजाजत दिने सोचमा रहेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment