+
+

सवारी दुर्घटनामा एसएलसी दिन हिडेका विद्यार्थी सहित पाँच घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २५ गते १०:५८

२५ चैत, गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एसएलसी परीक्षा दिलाउन गइरहेको दुईवटा मोटरसाइकल आज बिहान  एकआपसमा ठोक्किदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन् ।

accidentजलेश्वर नगरपालिका–१ स्थित रा.वि.म. क्याम्पसअगाडि विद्यार्थी बोकेको ज ७ प ५४५१ र बा ४८ प ३६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई विद्यार्थीसहित पाँचजना गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइतेहरुमा ज ७ प ५४५१ नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही–८ बस्ने १८ वर्षीय विकास कुमार मण्डल, उनकी बहिनी विद्यार्थी १६ वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू २५ वर्षीया सरिता देवी कापर रहेका छन् ।

त्यस्तै, बा ४८ प ३६३५ नम्बरको मोटरसाइकलमा विद्यार्थी बोकी मावि बखरीभाठ गइरहेको जलेश्वर–१ बस्ने २० वर्षीय कर्णकुमार राम र उनले पैदल हिँडेर जाँदै गरेको बालिकालाई ठक्कर दिएको जलेश्वर–५ बस्ने बेचन साहकी छोरी १७ वर्षीया मधुकुमारी साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

दुर्घटनामा परी कर्णकुमार राम, मधुकुमारी साह, सरितादेवी कापर र विकासकुमार मण्डल गम्भीर घाइते भएकाले उनीहरुले कर्णकुमार रामलाई विशेष उपचारका लागि भारतको सीतामढी लगिएको छ भने अरूको उपचार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ । प्रियङ्का कुमारी गम्भीर भएर पनि प्राथमिक उपचारपछि परीक्षा दिन गएकी छन् ।

यसैबीच, प्रहरीले दुवै मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्रगतिमा रहेको कारण एकआपसमा ठोक्किएको थियो र बाटो हिँड्ने एक छात्रासहितलाई ठक्कर दिँदा उनीसमेत पाँचजना गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?