+
+

सलमानसँग अब दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २५ गते १३:२९

deepika and salman khan
लामो समयदेखि एकसाथ काम गर्न खोजेर पनि नसकेका कलाकार हुन्, बलिउडका दुई चर्चित हस्ती सलमान खान र दीपिका पादुकोण । सलमान र दीपिका दुबै बक्स अफिसमा सफल छन् । दुबैले एकसाथ काम गर्ने चाहना पनि राखेका थिए तर सफल भएका थिएनन् ।

अब भने यी दुइको चाहना पुरा हुने भएको छ । ‘बजरंगी भाइजान’ निर्देशक कविर खानले निर्देशन गर्न लागेको नयाँ चलचित्रका लागि सलमान र दीपिका पक्का भएको भारतीय मिडियाको दाबी छ ।

सलमान र दीपिकाले काम गर्न सहमती जनाइसकेपछि कविर पनि खुशी देखिएका छन् । यो चलचित्रलाई एक्सन थ्रिलर कथामा तयार गर्ने तयारी कविरको छ । सलमान अहिले ‘सुल्तान’को छायांकनमा व्यस्त छन् भने दीपिका हलिउड चलचित्रमा व्यस्त छिन् ।

केही समयमा नै यो चलचित्रको घोषणा हुने बताइएको छ । भारतमा सर्वाधिक धेरै फ्यान कमाएका सलमान र दीपिका एकसाथ आउँदा बक्स अफिसमा हंगामा हुने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?