+
+

मन छ कि केही समयका लागि जागिर छोडिदिऊँ !

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २७ गते १४:४९

mid-career-break

के तपाईँले कहिल्यै आफ्नो जागिरबाट केहि समय विश्राम लिने बिषयमा सोच्नुभएको छ ? महिना, दुई महिना या करिव दुई बर्षकै लागि ?

हाम्रो प्रश्न तपाईँलाई अनौठो लाग्न सक्छ । यो सुनेर तपाईँलाई भलै अचम्म लागोस् तर, अहिलेको कर्पोरेट जगतमा जागिरबाट केहि समय विश्राम लिने चलन बढिरहेको छ ।

अमेरिकाको बोष्टनका विन्स्टन चेनलाई नै हेर्नुस् न, आइटी क्षेत्रमा आफ्नो राम्रो करिअर त्यागेर उनले पूरा एक बर्षको ब्रेक लिए र परिवारसँग नर्वे पुगे । त्यहाँ उनकी पत्नीको अध्यापनका लागि १ बर्षको जागिर मिलेको थियो र चेनले पनि आफ्नो जागिरबाट विश्राम लिएर नर्वे पुगे । जागिरबाट विश्राम लिने उनको निर्णय जस जसले सुने, उनीहरुले चेनलाई पागलको संज्ञा समते दिएका थिए ।

जानकारहरुका अनुसार आजभोलि कार्पोरेट क्षेत्रमा जागिरबाट विश्राम लिने क्रम बढेको छ । कतिपय कम्पनीहरुले यसलाई प्रश्रय पनि दिइरहेका छन् । यसका अलावा मानिसहरु द्रुत गतिमा जागिरबाट स्थानान्तरण गरिरहेका छन् ।

यस्तोमा दुई जागिरहरुको बीचमा एउटाबाट लामो विश्राम लिन त्यति खराव पनि हुँदैन । रोचक पक्ष त के छ भने अक्सर मानिसहरुले यस्तो लामो विश्रामपछि पहिलेभन्दा राम्रो जागिर पाएका छन् ।

विन्स्टन चेनले सन् २०११ मा जागिरबाट १ बर्षको बिश्राम लिएका थिए । त्यतिबेला उनी एक कम्पनीमा चिफ टेक्निकल अफिसर थिए र जागिर परिवर्तन गर्ने बिषयमा सोचिरहेका थिए । यद्यपि त्यतिबेला उनलाई जागिरबाट लामो विश्राम लिँदा करिअर नै बिगि्रने पो हो कि भन्ने चिन्ता पनि थियो ।

फेरि जोगिर छोडेपछि चेनले अर्को जागिरको खोजी पनि गरे । तर, नर्वे मूलकी पत्नीले जागिर पाइन् र उनलाई विश्रामको फैसला सहज भयो ।

बेलायतमा रेलवेमा जागिर दिने कम्पनी वानवेका निर्देशक पल पेलका अनुसार उनको कम्पनीमा अधिकांश कामदार जागिरबाट ब्रेक लिइरहेका छन् । उनका अनुसार यो एकदमै राम्रो प्रक्रियाको सुरुवात हो । यद्यपि यो सबै प्रकारका जागिरमा लागु नहुने पल बताउँछन् ।

नयाँ पुस्ताका योग्य मानिसलाई आˆनो साथमा राख्नका लागि कम्पनीहरुले यस प्रकारको मिड करिअर ब्रेकको अवधारणालाई प्रश्रय दिइरहेका छन् । कतिपय अवस्थामा त कम्पनीले छुट्टकिो बीचमा पनि तलव निकासा गरिरहेको हुन्छ ता कि उ फ्रेस भएर काममा फर्कियोस् र राम्रो योगदान गर्न सकोस् ।

यता आफ्नो बायोडाटामा १ बर्षको विश्रामको कारण बताउन सजिलो भने हुने छैन । पल पेन भन्छन्-‘तपाईँ जव विश्राम लिने बिषयमा सोच्नुहुनेछ, विचारका साथ निर्णय गर्नुस् । त्यस्तै आफ्नो कम्पनीलाई भरोसा दिलाउनुस् कि यसले तपाईँ र तपाईँको कम्पनीलाई कस्तो फाइदा हुन सक्छ ।’

mid-career-break-1

यस बिषयमा अमेरिकामा एउटा किताव पनि प्रकाशित भएको छ । जसको नाम हो- ‘रिवूट योर लाईफ’ । यस कितावका लेखक वाली जे स्मिथले यस्ता पाँच ब्यक्तिका बारेमा उल्लेख गरेका छन्, जसले आफ्नो जागिरबाट विश्राम लिएका थिए । पाँचमध्ये कसैलाई पनि आफ्नो फैसलाप्रति पश्चाताप नरहेको कितावमा उल्लेख छ । सबैले यहि बताएका थिए कि जागिरबाट विश्राम लिएपछि उनीहरुको करिअर अझै फस्टाएको थियो ।

यदि तपाईँ जागिरबाट बिश्राम लिने बिषयमा सोचिरहनु भएको छ भने विदेश जाने बिकल्प तपाईँका लागि सबैभन्दा राम्रो हुन्छ । त्यही कुनै सानोतिनो काम गर्नुहोस् । त्यसबाट केहि पैसा मिल्नेछ । अथवा अर्काको लागि बिनापैसा श्रमदान पनि गर्न सक्नुहुनेछ, जसबाट तपाईँलाई जीवनको नयाँ परिभाषा मिल्नेछ ।

यसले तपाईँको योग्यतालाई पनि राम्रो सहयोग गर्नेछ तथा नयाँ माहोलमा नयाँ मानिसहरुसँग काम गर्न अवसर मिल्नेछ । तपाईँले नयाँ कुरा सिक्नुहुनेछ । मानिसहरुसँगको कुरा गर्ने तरिका पनि तपाइर्ँले सिक्नुहुनेछ ।

यदि तपाईँ परोपकारी काममा लाग्नुभयो भने निराशा कम गर्ने नयाँ तरिका फेला पार्नुहुनेछ । किनकी अक्सर स्वयम्सेवी मानिसहरु कुनै संसाधनबिना मानिसहरुसँग हुन्छन् ।

बेलायतका पल भन्छन् कि सबै कम्पनीहरु आफ्ना कर्मचारीलाई मिड करिअर ब्रेक दिन मञ्जुर हुँदैनन् । तर यस्तो अवस्थामा तपाईँले कम्पनीलाई यस ब्रेकबाट हुनसक्ने फाइदाको बिषयमा कम्पनीलाई आश्वास्त पार्न सक्नुहुन्छ ।

अमेरिकी बिशेषज्ञ हली बुल भन्छिन कि तपाईँ आफ्नो कम्पनीलाई आफ्नो लक्ष्यको बारेमा निश्चिन्त भएर भन्नुहोस् कि यसबाट तपाईँलाई के फाइदा हुनेवाला छ । यो पनि बताउनुस् कि तपाईँलाई फाइदा भयो भने कम्पनीलाई पनि फाइदा पुग्नेछ । साथसाथै विश्रामपछि जागिरमा आउने पक्कापक्की पनि तपाईँले त्यतिबेलै गर्नुपर्छ ।

हलि बुल भन्छिन् कि यति भनिसकेपछि पनि कम्पनी जिश्राम दिन तयार हुँदैन भने तपाईले जागिर छोड्ने मनस्थिति बनाउनपनि तयार हुनुपर्छ । रिवुट पार्टनर्सकी लेखिका वे स्मिथ भन्छिन्, यदि कम्पनी तपाईलाई विश्राम दिन सहमत भएन भने तपाईँले कम्पनीलाई यो सम्झाउनुपर्ने छ कि तपाईँ कसरी तपाईको गैरहाजिरीमा कम्पनीको काम भर्पाई गर्न सक्नुहुनेछ । तपाईँले कम्पनीलाई यो पनि भन्न सक्नुहुनेछ की छुट्टकिो समयमा तलव दिनु नपर्दा कम्पनीलाई आर्थिक फाइदा पनि पुग्नेछ ।

mid-career-break-2

करिअरको बीचमा एउटा लामो विश्राम तपाईको अर्को जागिरको कोशेढुंगा पनि बन्न सक्नेछ । तपाई छुट्टकिो समयमा आँफैसँग सोचविचार गर्न सक्नुहुनेछ कि भइरहेको जागिरबाट तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ ? अथवा जागिरको विकल्पको अवश्यकताको छ कि ?

अमेरिकी बिशेषज्ञ हली बुल भन्छिन्, ‘यदि तपाईँ भइरहेको जागिरबाट असन्तुष्ट हुनुहुन्छ भने तपाईँ अर्को कामको बारेमा सोच्न सक्नुहुन्छ र नयाँ करिअरको बारेमा पनि सोच्नुहुनेछ ।’

तर, जागिरको बिचमा छुट्टी कति लामो हुने हो त्यो मानिसको निर्णयमा निर्भर रहन्छ । कसैको लागि एक या दुई साता पर्याप्त हुन्छ भने कसैका लागि महिना दिन अथवा एक या दुई बर्षकै पनि हुनसक्छ । हलि बुल आँफैले पनि जागिरबाट एक महिनाको विश्राम लिएकी थिइन । त्यसबीचमा अर्को जागिरको बिषयमा उनले सोचेकी थिइन् तरव कार्यन्वयन भएन । त्यसपछि छुट्टी सकाएर उनी पुनः पुरानै काममा फर्किइन् ।

उता विन्स्टन चेनले आफ्नो एक बर्षको विश्रामको क्रममा सोखको रुपमा एक मोवाइल एप बनाए । यसबाट उनको नयाँ करिअर सुरु भयो । छुट्टबिाट फर्किएपछि उनले आवाजमा आधारित मोवाइल एप कम्पनी ‘वायर ड्रीम’ स्थापना गरेर नयाँ करिअर सुरु गरे ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?