Comments Add Comment

तनाव कम गर्नुछ भने गाली गर्नुस् महोदय

mental-yoga

कसैमाथि गाली गर्नु अज्ञानताको संकेत मानिन्छ । सभ्य समाजमा गाली गर्नेलाई मुर्ख, अनपढ र असभ्य मानिन्छ ।

यद्यपी गाली गर्नु यतिसम्म नराम्रो पनि होइन । यसका कयौं फाइदा पनि छन् ।

तवानपूर्ण दिन वितेपछि केहि मानिसहरु जिम जान्छन् । त्यहाँ कठिन कसरत गरेर दिनभरीको तिक्तता मेट्छन् । यस्तैगरी कोही भट्टमिा जान्छन् र साथीहरुसँग समय व्यतित गरी तनाव कम गर्छन् ।

यदि तनाव भगाउन माथिका दुई तरिकामा अर्को एक तरिका थपेर तनाव हटाउन नयाँ ककटेल तरिका निस्किएमा ? तपाईँ सोध्न सक्नुहुन्छ कस्तो कुरा गरेको ? तर, दुनियाँमा थुप्रै स्थानहरुमा तनाव कम गर्न नयाँ तरिका अपनाइएको हुन्छ ।

यस्तोमा एक तरिका कठिन कसरत गर्दै ठूलो ठूलो स्वरले गाली गलौज गर्नु । क्यानडाको कालगरीमा नयाँ खाले योगाभ्यास सुरु भएको छ । यसको नाम रेज योग अर्थात रिसउठ्दो योग ।

सामान्यतयः योग गर्दा मानिसहरु शान्त रहन्छन् । शान्त वातावरणमा योग गर्दा मानिसको दिमाग शान्त हुने र स्वस्थ्य हुने बताइन्छ । तर, रेज योगमा मानिसहरु ठूला ठूलो स्वरले कराउँछन् र गाली गर्छन् । योग कक्षा सकिएपछि मानिसलाई वियर पिउन भट्टीमा पठाइन्छ । गाली गर्न पाइने यस योग क्लासको १ घण्टाको १ हजार पर्छ ।

यस रेज योगाकी सुरुवातकर्ता हुन २४ बर्षीया लिन्ड्से इस्टेस । उनले यसको प्रतिपादन आफैँले गरेकी हुन् । प्रेमीसँग विछोड भएपछि एक दिन योग गर्दा उनले ठूलो स्वरमा कराइन र गाली पनि गरिन यसले उनलाई खुवै आनन्द महसुस भयो ।

तनाव कम गर्न नयाँ तरिका अपनाउने लिन्ड्से एक्लै होइनन् । अमेरिकाको सनफ्रान्सिस्कोका जेसन हेड्लीले पनि यस्तै खाले कसरत गरिरहेको भिडियो सार्वजनिक गरेका छन् । जसलाई ‘एफ…द्याटः एक अनेष्ट मेडिदेसन’ युट्युवमा यो भिडियो ६५ लाख पटक हेरिएको छ । उनलाई पनि यस्तो आइडिया ख्यालख्यालमै आएको थियो ।

उनले ध्यान गरिहको एक भिडियोको जस्तै आवाज बनाएर घरमा गएर सुनाउथे । केही गाली समेत थपेर उनले सुनाएको सुनेर उनकी पत्नी निक्कै हाँस्थिन् ।

आजका दिनहरुमा स्वाथ्य र ध्यानको राम्रो बजार बनेको छ । कतै योग त कतै योगा क्लास । कतै पत्रिका त कतै जिमका वर्कसप । योसँग जोडिएको थुप्रै कुरा बजारमा पाइन्छन् । जो तपाईँको चिन्ता हटाउन अनेक तरिका अपनाइरहेका छन् र पैसा कमाइरहेका छन् ।

अमेरिकामा यस्ता व्यवसायका बजार करिव १४ अर्व डलर रहेको बताइन्छ । यसमा योगको हिस्सा १५ प्रतिशतसम्म छ ।

mental-yoga-1

थुप्रै रिसर्चहरुबाट के पत्ता लागेको छ भने कनै समूह बिशेषमा गालीगलौजले भातृत्व बढाउँछ । न्यूजिल्याण्डको जेलमा रहेका कैदीहरुबीच गालिगलौजबाट हुने फाइदाको बिषयमा गरिएको रिसर्च यसको एक शशक्त उदाहरण हो ।

गालीको फाइदामाथि बेलायतको किल युनिभर्सिटीका मनोबैज्ञानिक डाक्टर रिचार्ड स्टेफनले रिसर्च गरेका छन् । गाली गरेपछि तपाईँले ज्यादा पीडा सहन सक्नुहुन्छ र दोस्रो व्यक्तिबाट सजिलै काम लिन सक्नुहुन्छ ।

लिन्ड्से र ज्यासनको गाली गर्नेवाला कसरतको सुरुवात ख्यालख्यालमा भएको थियो । तर त्यसलाई मानिसहरुले खुव मन पराएका छन् ।

ज्यासन हेड्ली भन्छन् कि जव उनी ध्यान गर्ने भिडियो सुन्थे तव उनलाई निक्कै हाँसो लाग्थ्यो । जव भिडियोमा सुनिन्थ्यो कि आफ्नो दिमाग साफ गर्नुहोस् । तर, उनलाई लाग्यो सफा गर्ने चाहीँ कसरी ? कि दिमागमा झाडु लगाउने ? दिमाग कुनै कोठा त होइन ।

त्यसैले ज्यासनले अनेष्ट मेडिटेसनको भिडियो तयार गरे । मानिसले यसलाई मन पराए । उनीहरुले यसको अझ लामो भिडियोको माग गरे । ज्यासनले त्यसका लागि मोबाइल एप बनाएका छन् । अनेष्ट मेडिटेसनबारे उनले एउटा किताव पनि लेखेका छन्, जुन यसै महिना छापिनेछ ।

यस्तैगरी लिन्ड्से इस्टेसको रेज योगा क्यानडाका अलावा अन्य मुलुकहरुमा पनि मन पराइएको छ । अहिले बेलायतदेखि दक्षिण अफ्रिकासम्म रेज योगाको कक्षा सञ्चालन भइरहेको छ ।

अझै अन्य मुलुकहरुमा सेवा विस्तार गर्नको लागि लिन्ड्सेले यसको अनलाइन संस्करण तयार गरिरहेकी छन् । उनी छिट्टै क्यानडामा रेज योगाको प्रचारका लागि भ्रमणमा पनि निस्कदैछिन् । उनी भन्छिन्, खराव कुराबाट राम्रो कुरा निकाल्दा खुव आनन्द महसुस हुन्छ ।’

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment