Comments Add Comment

नेपाल हुँदै भारतमा कसरी पुग्यो मःम ?

खासगरी नेपालको शहरी क्षेत्रमा सधैभन्दा सजिलो र स्वादिलो खानेकुरा के होला ? झटपट जवाफ आउन सक्छ, मःम ।

एउटा ठट्यौली छ । रेष्टुरेन्टको मेनुमा जतिसुकै आँखा लगाएपनि नेपालीले मगाउने भनेको मःम नै हो । यसबाट नेपालीको जिब्रो मःममा कति पल्किएको छ भन्ने देखाउँछ । अझ काठमाडौंको विशेष खान्की हो, मःम । यो शहरमा यस्ता चोक-गल्ली सायदै भेटिएला जहाँ मःम पाइदैन ।

तर, यो हाम्रो रैथाने खाना भने होइन । आयतित परिकार हो । उत्तरी चीनबाट भित्रिएको ।

खासगरी यो तिब्बती परिकार हो । व्यापारको सिलसिलामा तिब्बत जाने नेवारी व्यापारीले नेपालमा मःम भित्र्याएको पाइन्छ । खासमा यसको नाम ‘मोहमोः’ हो । यो तिब्बती शब्दबाट अपभ्रंश भएर नेपाल आइपुग्दा यो मःम बनेको हो ।

हामीकहाँ चीन र दक्षिणी छिमेकी भारतबाट सराबरी अनेकन परिकार भित्रिएका छन् । भारतिय परिकार इड्ली डोसा, समोसा, पानी पुरी, चाटले नेपालीको जिब्रो लोभ्याएको छ । यसैगरी मम, चाउमिन, लाफिङ जस्ता चिनियाँ खान्की नेपालीमाझ पि्रय छ । रमाइलो त के भने, तिब्बतबाट भित्रिएको लाफिङ र भारतिय परिकार पानीपुरी अहिले एकै ठाउँमा उपलब्ध हुन्छन् ।

एउटा भूगोलको रैथाने परिकारले अर्को गोलार्द्धका पारखीलाई लोभ्याउन सक्छ । यही कारण त हाम्रो मेनुमा नयाँ नयाँ परिकार थपिने गर्छ । हाम्रो जिब्रोले नयाँ नयाँ स्वाद फेर्न पाउँछ ।

भारतमा कसरी रुचाइदैछ मःम

तिब्बतबाट नेपाल भित्रिएको मःम कसरी भारतमा लोकपि्रय हुँदैछ ?

अहिले भारतमा पनि लोकपि्रय परिकार मानिन्छ, मःम । भेज होस् वा ननभेज, मःम हरेक उमेरका व्यक्तिका लागि उत्तिकै पि्रय छन् । सामान्य होटलदेखि स्तरिय रेष्टुराँसम्मको मेनुमा मःम हुन्छ । स्ट्रीट फुटको रुपमा त मःम अझ बढी रुचाइएको छ । यद्यपी यो भारतिय व्यान्जन होइन । मःमले भारतिय पारखीसम्म आइपुग्न लामो यात्रा तय गरेको छ ।

सुरुमा दिल्लीको केही क्षेत्रमा मःम बिक्री गरिन्थ्यो । त्यसपछि यसलाई साइकल वा स्टलमा राखेर अन्यत्र बेच्न थालियो ।

खासमा मःम तिब्बतको परिकार हो । नेपालको बाटो हुँदै मःम भारतमा भित्रिएको हो । भारतको उत्तर पूर्वी राज्य हुँदै भारतको शहरमा मःम फैलिएको हो । खासगरी पहाडी राज्य उत्तराखन्ड र हिमाञ्चलमा मःम एकदमै लोकपि्रय छ । भनिन्छ कि, मःम खासमा चीनको खान्की हो, जसमा चीनको फ्लेवर पाइन्छ । मःमको खास अर्थ चाहि बाफमा उसिनेको रोटी हो ।

मःम सबैभन्दा पहिले तिब्बतको ल्हासामा बनेको थियो । क्रमस यो परिस्कृत हुँदै गयो । बाफमा पकाइने रोटीलाई अनेक स्वादमा तयार गर्न थालियो । यसभित्र मासु, सब्जीको किमा राखेर बनाउन थालियो । पछि तिब्बतबाट मःम नेपालमा भित्रियो । नेपाली बजारमा पनि मःमको रुप उस्तै रहेन । नेपालको चुल्होमा मःमलाई केही फरक स्वादमा बनाउन थालियो ।

अक्सफोर्ड डिक्शनरीमा मःम अर्थात मोमोजको अर्थ बाफमा पकाएको तिब्बती परिकार भन्ने उल्लेख छ । यसमा मासु र सब्जी मिलाएर पकाइन्छ । नेपालमा मःम सबैभन्दा पहिला काठमाडौंमा पाइन्थ्यो ।

तिब्बतको संस्कृति र खापनमान चीन एवं मंगोल प्रभाव रहन्छ । तिब्बतमा धेरैजसो पाइने परिकार नै यही हो । भारतको सिलांग पनि मःमका लागि एकदम प्रशिद्ध छ । साथै अरुणाचलमा पनि मःम लोकपि्रय छ ।

चीनमा मःमलाई डिससिम भनिन्छ । त्यहाँ मःम मासुका साथै अरु सागसब्जीको पनि बनाइन्छ । अर्थात मःमभित्र धेरै कुरा मिसाइएको हुन्छ । अहिले भने मःम थरीथरीका बनाउन थालिएको छ । मःम उसिनेर मात्र होइन, तेलमा तारेर पनि खाने गरिन्छ । मःमको स्वाद, आकार, फ्लेबरमा विविधता पाइन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment