+
+

किन तुहियो माछापुच्छ्रे र जनता बैंकको मर्जर ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २९ गते १५:५७

machapuchhre-and-janta२९ चैत, काठमाडौं । राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृत लिनुपर्ने ठीक हप्तादिन अघि माछापुच्छ्रे बैंक र जनता बैंकबीचको मर्जर प्रक्रिया तोडिएको छ । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा कुरा नमिलेपछि दुई बैंकबीचको मर्जर प्रक्रिया तोडिएको हो ।

दुई वाणिज्य बैंकबीच मर्जरको सैद्दान्तिक सहमति भएर प्रक्रिया तोडिएको यो पहिलो घटना हो । गत असोज ३ गते दुई बैंकबीच मर्जरमा जाने सैद्दान्तिक सहमति भएको थियो । राष्ट्र बैंकले पनि यी संस्थालाई मर्जरको सैद्दान्तिक सहमति दिइसकेको थियो ।

सैद्दान्तिक सहमति अनुसार माछापुच्छ्रे बैंकको प्रतिकित्ता १०९ रुपैयाँ र जनता बैंकको ८२ रुपैयाँ स्वाप रेसियो निर्धारण गरिएको थियो । जसअनुसार माछापुछ्रेको सय कित्ता सेयरा बराबर जनता बैंकको ७५ कित्ता सेयर हुन्थ्यो ।

तर, माछापुच्छ्रे बैंकले स्वाप रेसियोमा जनता बैंकको प्रतिकित्ता सेयरमूल्य ४५ रुपैयाँ हुनुपर्ने भन्दै ७ दिनभित्र जवाफ पठाउन पत्राचार गर्‍यो । जनता बैंकले पहिलेकै सहमति अनुसार मात्रै मर्जरमा जान सकिने जवाफ पठाएपछि दुई संस्थाबीचको मर्जर प्रक्रिया अवरुद्ध भएको हो ।

‘उहाँहरुले एक्कासी जनता बैंकको प्रतिकित्ता सेयर ४५ रुपैयाँ हुनुपर्ने भन्दै नयाँ स्वाप रेसियोको प्रस्ताब गर्नुभयो,’ जनता बैंकका तर्फबाट मर्जर समितिका सदस्य समेत रहेका एक सञ्चालकले भने- ‘माछापुच्छ्रे बैंकले एकतफीरुपमा मर्जर तोडेको हो ।’

संयुक्त मर्जर कमिटिमा जनता बैंकका तर्फबाट गुरुप्रसाद न्यौपाने, केशबबहादुर रायमाझी र भिमानन्द ढुंगाना थिए भने माछापुच्छ्रेका तर्फब्ााट बीरेन्द्र महतो, ज्ञानप्रसाद कर्मचार्य र रोसन केसी थिए ।

मर्जर प्रक्रिया अवरुद्ध भएसँगै दुबैं बैंकलाई राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुर्‍याउन फेरि अर्को मर्जरमा जानुपर्ने भएको छ ।

तर, मर्जरमा नगइकनै ०७४ हसार मसान्चभित्रमा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउने योजना रहेको माछापुच्छ्रे बैंकका एक सञ्चालकले जानकारी दिए । तर, जनता बैंकका एक सञ्चालकले भने चुक्ता पुँजी बढाउन आफुहरुसँग मर्जरको बिकल्प नभएकाले अब अर्को पार्टनर खोज्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?