+
+

अध्यक्ष ओलीले पार्टीमा गुटवन्दी गरेको एमाले नेताको आरोप

२९ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीमा गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप लागेको छ । केन्द्रीय कमिटीको सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीमाथि नेता-कार्यकर्तालाई असमान व्यवहार गरेको आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २९ गते १७:४०

UML Leaders

  • फाइल तस्वीर

२९ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीमा गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप लागेको छ । केन्द्रीय कमिटीको सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीमाथि नेता-कार्यकर्तालाई असमान व्यवहार गरेको आरोप लगाए ।

केन्द्रीय सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरेर अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गराइएको थियो । समूहका नेताहरुले सोमबार आ-आफ्नो समूहको निष्कर्षसहितको सुझाव पेश गरेका थिए । सुझाव पेश गर्ने समूह नेताहरुले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले ध्यान नदिएको आरोप लगाए ।

संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलसँग समन्वय गर्नुपर्ने पदमा बसेको व्यक्तिले पार्टीलाई नै मिलाउन नसक्दा नराम्रो सन्देश जानेतर्फ सचेत गराएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

समूह नेताहरुले सरकार गठन भएको ६ महिना वित्दा पनि प्रभावकारी काम गर्न नसकेको, भूकम्प प्रभावितहरुलाई राहत दिन नसकेको, कालोबजारी र महंगी बढेको लगायतका विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नसमेत माग गरेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले पार्टीको विधानको धारा ७४ को बाधा अड्काउ फुकाउका माध्यमबाट स्थायी कमिटीका सदस्यको संयोजकत्वमा प्रदेश कमिटी गठनको प्रस्ताव गरेकामा केन्द्रीय सदस्यहरुले भने त्यसो गर्नुभन्दा जतिसक्दो चाँडो विधान अधिवेशन गरेर विधान संशोधन गरी संविधान अनुरुपमा संरचना बनाउनुपर्ने बताएका थिए ।

केन्द्रीय कमिटीको बैठक मंगलबार पनि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?