Comments Add Comment

खोटाङ बस दुर्घटनामा मृतकको संख्या २४ पुग्यो, ११ जनाको सनाखत

३० चैत, दिक्तेल । खोटाङको महादेवस्थान-४ बर्खेटारस्थित काभ्रेपानी भिरमा मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ । घटनास्थलमा खोजतलासको क्रममा थप २ वटा शव फेला परेको र कुल मृतक संख्या २४ पुगेको प्रहरीले जनाएको छ । मृतकमध्ये ११ जनाको सनाखत भएको छ ।

Khotang-bus-accident-final
खोटाङमा दुर्घटनाग्रस्त बस । तस्वीर: किरात नकाराको फेसबुक

दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६३७६ नम्बरको बस सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा १५ पुरुष र ७ महिलाको मृत्यु भएको हो । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

सनाखत भएकाहरुमा गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुर ताम्ली-७ का शान्त राई, उनका छोरा ओमश्री राई, उदयपुरकै बर्जुनारायण श्रेष्ठ र हेम सुनुवार छन् ।

यसैगरी खोटाङ निर्मली डाँडाकी बिमला राई, खोटाङ क्यात्मीटारका प्रेम राई, मेजर राई र याम्खाका भैरव राईको पनि दुर्घटनामा मृत्यु भएको छ ।

नेत्र कुमार राई, गोविन्द तिमल्सिना, सोलुखुम्बुकी सुष्मा राई र सोम सुन्दासको मृत्यु भएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका इन्सपेक्टर फुर्गेली शेर्पाले जानकारी दिए ।

घाइतेमध्ये २३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश केएमले जानकारी दिए ।

शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ग्रीनसिटी अस्पतालमा १ जना, नेपाली सेनाको छाउनी अस्पतालमा १ जना र बी.एण्ड बी अस्पतालमा १ जनाको उपचार भइरहेको छ । सामान्य घाइतेहरुको ताप्ले अस्पताल हलेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी अर्खौले, नुनथला, लामीडाँडा र बुईपाबाट उद्धार टोली खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment