Comments Add Comment

पोखरा कपमा एपीएफको विजयी शुरुवात

Ranjan-bista

सन्देश श्रेष्ठ

३० चैत, पोखरा । पोखरामा मंगलबारदेखि शुरु भएको मनकामना केबुलकार पोखरा कप फुटबलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले सुखद शुरुवात गरेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा सिमरा ११ लाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफले विजयी शुरुवात गरेको हो । एपीएफको जितमा रञ्जन विष्टले हृयाट्रिक गरे ।

रञ्जनले खेलको ३, १७ र ४८ औं मिनेटमा गोल गरेका हुन् । अर्को एक गोल भने नविन लामाले ४३ औं मिनेटमा गरे । मंगलबारको खेलमा हृयाटि्रककर्ता रञ्जन विष्ट म्यान अफ दी म्याच भए ।

प्रतियोगितामा १२ टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा भारतको दिल्ली युनाईटेडसँगै मनाङ मस्र्याङ्दी, थ्रीस्टार, सरस्वती, नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ, झापा ११, रुपन्देही ११, धरान फुटबल, सिमरा ११ र आयोजक पोखरा ११ ले सहभागिता जनाउने कास्की जिल्ला फुटवल संघले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार झापा ११ बिरुद्ध रुपन्देही ११ भिड्नेछ । प्रतियोगिताको विजेतालाई ट्रफीसहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेतालाई ट्रफीसहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट एक जना खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ । त्यस्तै उत्कृष्ट स्ट्राईकर, फर्वार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई पनि जनही नगद १५ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment