+
+

प्रेम तथा बिहेको प्रस्ताव युवतीहरुले अस्विकार गरेको भन्दै युवाहरु आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते ३:१०

uzumlu-turkey1

महिला ससक्तिकरणको यो भन्दा ठूलो उदाहरण के होला ? जहाँ पुरुषहरुले महिलाको विरुद्धमा आन्दोलन नै गर्नुपर्छ ।

हो, टर्कीको एक गाउँका युवाहरु सोही गाउँका युवतीहरु विरुद्ध आन्दोलनमा उत्रिएका छन् । प्रेम तथा बिहेको प्रस्ताव युवतीहरुले अस्विकार गरेको भन्दै युवाहरु विरोधमा उत्रिएका हुन् ।

टर्कीको उजुमलु गाउँमा भएको घटना हो यो । समाचार अनुसार उक्त गाउँमा ९ वर्षयता कुनैपनि बिहेबारी भएको छैन । मेयर बेशबिलन मुस्तफाका अनुसार उक्त गाउँका युवतीहरु गाउँका तन्नेरीहरुलाई मन नै पराउँदैनन् र आफ्नो गाउँका युवाहरुसँग बिहे गर्न मान्दैनन्  ।

युवतीहरु सहरमा गएर उतै घरजम गर्न चाहन्छन् । गाउँका युवाहरु भने परम्परागत पेशा अपनाएका छन् र गाउँबाहिर जाने कुरा सोँच्न सम्म सक्दैनन् ।

आफ्नो गाउँ बाहिरका केटीहरु बिहे नगर्ने तर गाउँका केटीहरुले नपत्याउने भएपछि त्यहाँका धेरै युवाहरु बिहे नगरी ब्रम्हचारी नै बस्न बाध्य भएका छन् ।

गाउँका युवाहरुले बिहे गरेर सन्तान उत्पादन गर्न नपाएपछि गाउँको जनसंख्या पनि घटिरहेको छ । ९ वर्ष पहिले गाउँको जनसंख्या ४ सय रहेकोमा अहिले २ सय ३३ छ ।

युवतीहरुको विरोधमा उत्रिएका युवाहरुले सरकारको आलोचना गर्दै सरकारले आफुहरुको समस्याको सुनुवाई गर्नुपर्ने माग गरेका छन् ।

सरकारले आफुहरुको रोजगारी तथा आयआर्जनको व्यवस्था मिलाइदिएमा केटीहरुले पत्याउने र आफुहरुको बिहे पनि हुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?