+
+

ठूला तीन दलका नेताहरु बेइमान हुन्: राई

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते ८:२९

१ वैशाख, उदयपुर। सङ्घीय समाजवादी फोरम (नेपाल)का वरिष्ठ नेता अशोक राईले नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेताहरु बेइमान भएको आरोप लगाएका छन् ।

ashok-raiफोरमको किराँत प्रदेशद्वारा मङ्गलबार सदरमुकाम गाईघाटमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता राईले भने , “हिजो मधेस आन्दोलन र जनजाति आन्दोलनको उत्कर्षमा रहेका बेला ठूला दलका नेताले आन्दोलनकारीको माग पूरा गरिदिने भन्दै सम्झौता गरे तर संविधान बनाउँदा धोका दिएर आफ्नो अनुकूलको संविधान बनाए ।”

मधेसी र जनजातिले उठाएका माग पूरा नभएसम्म आफूहरुको आन्दोलन कुनै पनि हालतमा नरोकिने उनले दावी गरे । वैशाख ७ गतेदेखि राजधानी काठमाडाैँबाटै आन्दोलन सुरु गरिने उनले बताए ।

फोरम अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार कम्युनिस्टको सरकार भनिए पनि यो सरकार भ्रष्टाचारी, कालोबजारिया र विदेशी माफियाबाट चलेको दाबी गरे ।

सरकार वार्ताको नाटक गरेर भाग्दै हिँडेका कारण आफूहरु फेरि आन्दोलन गर्न बाध्य हुन परेको समेत यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?