Comments Add Comment

साढे १४ सय घण्टा चल्ने कलर्सको नयाँ मोबाइल १४ हजारमै नेपालमा

E-15-colors३ चैत काठमाडौं । कलर्स मोबाइलले इलिट सिरिजमा नयाँ शृंखला इ-१५ सार्वजनिक गरेको छ । ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवम् पावर बैंक प्रणालीसहितको यो मोबाइल नेपाली ब्रान्डको एकमात्र अत्याधिक क्षमताको ब्याट्रीयुक्त मोबाइल भएको कम्पनीको दावी छ ।

पावर सेभिङ मोडमा राख्दा यो निरन्तर १४ सय ५० घण्टा (२ जी) (जगेडा समयमा)सम्म सजिलै चल्छ । यसैको परिणाम यो मोबाइल लगातार नरोकिई चलिरहन्छ ।

इ-१५ को साथमा कलर्सले सबै नयाँ डाटा सेभर एप्लीकेसन पनि उपलब्ध गराएको छ । कलर्स-लाइट जसले इन्टरनेट चलाउनमा मद्धत गर्नुका साथै प्रभावकारिता वृद्धिमा पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।

कलर्स एक्स फ्याक्टर इ-१५ मा एण्ड्रोइड ललिपप ५.१ संचालन प्रणाली जडित छ भनें यसमा ५ इन्चको एचडी आइपीएस स्क्रिन र ड्र्यागन ट्रेल सिसा पनि जडान गरिएका छन् ।

यसुमा ६ महिनाको वारेन्टी पनि प्रदान गरिएको छ । मोबाइलमा १६ जिबी रोम प्लस २ जिबी र्‍यामको आन्तरिक मेमोरी क्षमता छ । यसलाई ३२ जिबीसम्म बढाउन पनि सकिन्छ ।

यस्तै पछाडि ८ र अगाडी ५ मेगापिक्सलको क्यामरा रहेको यो मोबाइलमा १.३ गेगाहर्जको क्वाड कोर प्रोसेसरको शक्ति पनि सञ्चित छ ।

इ-१५ ऊर्जा बचत, छिटो चार्ज हुने र पावर बैंक विशेषताका सम्पूर्ण गुणहरु भरिएको पूर्ण क्षमताको  मोबाइल भएको कम्पनीको दावी छ ।

यसबाट अरु उपकरणहरु पनि चार्ज गर्न सजिलै सकिन्छ । यो मोबाइलको बजार मुल्य भनें १३ हजार ९९५ तोकिएको छ ।

‘हामीलाई हाम्रो नयाँ उत्पादन इलिट सिरिजको इ-१५ उपलब्ध गराउन पाउँदा अत्यन्त खु्शीको अनुभव भएको छ । यसमा नेपालको पहिलो डाटा सेभिङ एप पनि उपलब्ध गराएका छौं’ टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृ सञ्जय अग्रवालले भने ।

‘इ-१५ मोबाइलका पारखीका लागि नयाँ वर्षको एक नव उपहार हो’ कलर्स मोबाइलका बजार व्यवस्थापक राजजङ्ग थापाले भने ।

कलर्स मोबाइललाई औपचारिक रुपमा टेलिटक प्रालिले सन् २००९ देखि नेपालमा बिक्री वितरण थालेको थियो । नेपालमा कलर्स मोबाइल प्रयोगकर्ताको संख्या २० लाख रहेको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment