नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नामिबियामाथिको जितको श्रेय सम्पुर्ण टोलीलाई दिनुपर्ने बताएका छन् । उनले शरद भेषावकर र विनोद भण्डारीको ब्याटिङको प्रशंसा गरे । आजको पिच ब्याटिङ गर्नलाई कठिन रहेको पनि उनले सुनाए । पारससित अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः
आजको म्याचबाट कति सन्तुष्ट हुनुहुन्छ ?
निश्चित रुपमा सन्तुष्ट छु । पहिलो जित हो । सरद र विनोदले एकदम राम्रो एप्लिकेसन देखाए । आजको पिचमा ब्याटिङ सजिलो थिएन । सबैले चाहिएको बेला योगदान दिएका छन् ।
जितको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
क्रेडिट सबैलाई दिन्छु । व्यक्तिगतरुपमा सरद र विनोदले ब्याटिङमा राम्रो गरे र बलिङमा सामुहिक प्रदर्शन भएको छ । ओभरअल एकदमै खुशी छु ।
आफ्नो ब्याटिङबाट अलिकति निराश हुनुहुन्छ ?
निराश छैन । तर आगामी म्याचमा बढि योगदान गर्नुपर्छ मैले ।
नेपालले अलि स्लो खेलेको होइन ?
होइन, आजको पिच वास्तवमै कठीन थियो । फास्ट बलर र स्पिनर दुवैलाई खेल्न सजिलो थिएन । राम्रो बलरले राम्रो ठाउँमा बल फ्याक्दा एकदमै गाह्रो थियो खेल्नलाई । त्यसैले ब्याट्सम्यानले धैर्यता अपनाउनैपथ्र्यो ।
शरदलाई ३ नम्बरमा खेलाएको नेपाललाई फाप्यो होइन ?
पक्कैपनि उसले रन हान्यो । नेपाललाई जीत दिलायो । केहि खेलाडीहरु घाइते भएकाले हाम्रो ब्याटिङक्रममा फेरबदल गर्नुपरेको थियो । ज्ञानेन्द्रलाई तीन नम्बरबाट ओपनिङमा ल्याइएको थियो । तर यो प्रयोग सफल नै भएको मैले ठानेको छु ।
अर्को म्याचमा के अपेक्षा गर्नुभएको छ ?
जित्नै पर्ने दबाव थियो । जित्यौं । अर्को म्याचमा हामीले आजको प्रदर्शन रिपिट गर्नुपर्छ । यो टुर्नामेन्टमा हामी कम ब्याक गर्न सक्छौं ।
दर्शकको साथ कस्तो रह्यो ?
नेपालमा खेल्नु हाम्रो लागि प्रिभलेज हो । दर्शकको साथले पनि हाम्रो जितमा साथ दिएको छ ।
प्रतिक्रिया 4