Comments Add Comment

जेष्ठ नागरिक आमाहरुबाट अमेरिकामा चीरहरण बिमोचन

neelam 3

अमेरिका । नेपाली र अमेरिकन गरी पाँच जेष्ट नागरिक आमाहरुबाट आख्यानकार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणको अमेरिकाको नर्थक्यारोलिनामा  सार्बजनिक भएको छ ।

महाभारतकालीन कथा भित्र पसेर लेखिएको चीरहरणमा , सत्यवती देखि द्रोपदीसम्म पुग्दा  नारीका तमाम सामाजिक बिबसता , भोग्नु परेको  हिसा साथै धृतरास्ट्रहरुको सिंहासन मोह , सकुनी सड्यन्त्र , राजनैतिक दाउपेच , र महायुद्द जस्ता घटनामा बर्तमान समय पनि  भेट्न सकिने विषय चित्रण गरिएको छ ।

५४० पृष्ठ रहेको उपन्यास साग्रिलाले प्रकाशन गरेको हो ।  बैशाखको दोस्रो साताबाट पुस्तक नेपाल अधिराज्य भर उपलब्ध हुने छ  नौ बर्ष देखि अमेरिका रहेर निरन्तर कलम चलाई रहेकी निहारिका को यस पुर्ब अमेरिका मै रहेर डायस्पोरिक बिसयमा लेखिएको अर्की आइमाई उपन्यास प्रकासित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment