Comments Add Comment

चोरीको आरोपमा १ पक्राउ

chori-ko-saman७ वैशाख, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरी गरेको आरोपमा महाराजगञ्ज प्रहरी बृतको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

सोलुखुम्बु सल्यानका विशाल केसीलाई प्रहरीले चोरीको सामान सहित पक्राउ गरेको हो । विशालले सोमबार मात्रै बसुन्धरा स्थित ममता श्रेष्ठको टेलरमा दराज फुटाएर ५ तोला बराबरको सुनका गहना र १० हजार नगद चोरी गरेको महाराजगञ्ज बृतका डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

गहना नगद चोरेर फरार भएका विशाललाई बा ६० प १०३४ नम्बरको मोटरसाइकल , ३ वटा सुनको सिक्री, २ वटा औंंठी, सुनको एउटा पञ्चरत्नसहित पक्राउ गरेको हो ।

डिएसपी पोखरेलका अनुसार केसी विगतमा पनि काठमाडौंका विभिन्न स्थानका चोरी घटनामा संग्लग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment