Comments Add Comment

सामुदायिक रेडियोलाई सघाउन सरकार तयारः मन्त्री राई

सञ्चालकहरुसँग सुझाव माग

९ वैशाख, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सामुदायिक रेडियोको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । उनले सहयोग गर्नुपर्ने विषयमा ठोस सुझाव दिन सञ्चालकहरुसँग आग्रह पनि गरेका छन् ।

Sherdhan-Raiअमार्क एसिया प्यासिफिकले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री राईले सामुदायिक रेडियोहरुको आर्थिक अवस्था कमजोर भएकाले सरकारले सहयोग गर्न चाहेको प्रष्ट्याए ।

गाउँ-गाउँमा सूचना पुर्‍याएर सामुदायिक रेडियोहरुले प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनले प्रशंसा गरे । उनले दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाउन सामुदायिक रेडियोहरु सबैभन्दा उपयुक्त माध्यम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment