+
+

रेडपाण्डाको छालासहित तीन पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते १४:००

red-panda-ko-chhala१० वैशाख, काठमाडौं । दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाव्रे) को छालासहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

संरक्षित बन्यजन्तुका अखेटोपहारको अबैध ओसार पसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंको बुढानिलकण्ठ ७, साततलेबाट तीन जनालाई पक्राउ गरेको हो ।

रेडपाण्डाको छालासहित प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका २६ बर्षीय सन्देश लिम्बु, गोरखा ताक्लुङका ४३ बर्षीय देउनारायण श्रेष्ठ र रामेछाप रसनालुका ४६ बर्षीय अमृतबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज बन्यजन्तु संरक्षण ऐन २०२९ र साइटिस महासन्धी १९७५ बिरुद्धको अपराधमा मुद्धा चलाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तो अपराध गरेमा  ४० हजारदेखि ७५ हजारसम्म जरिवाना वा १ देखि १० बर्षसम्म कैदको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?