Comments Add Comment

यी युवतीको पीडा, पाँच वर्षसम्म हरेक दिन रजश्वला

Chloe Christoमहिनाको एकपटक रजश्वला हुँदा पाँच दिनसम्मको रक्तश्राव र पीडाका कुरा कुनै महिलाको मुखबाट सुन्दा त कस्तो कस्तो अप्ठेरो महसुस हुन्छ ।

सोँच्नुहोस् त यदि आम महिलालाई महिनाको पाँच दिन हुने उक्त पीडा हरेक दिन लगातार पाँच वर्षसम्म झेल्नुपर्दा उनको हालत के होला ? २७ वर्षकी एक युवतीले यस्तो पीडा भोगेकी छिन् ।

अस्ट्रेलियाको पर्थमा बस्ने क्लो क्रिस्टस नामकी युवतीले लगातार ५ वर्षसम्म हरेक दिन रजश्वलाको पीडा भोगिन् । उनी पहिलोपटक १४ वर्षकी हुँदा रजश्वला हुन सुरु भएको थियो । पहिलोपटक भएको उक्त रजश्वला पाँच दिनमै रोकिनु पर्ने थियो, तर पूरै पाँच वर्षसम्म चलिरह्यो ।

यतिमात्र कहाँ हो र ? सामान्य महिलाको रजश्वलाको क्रममा चार दिनमा ८० मिलिलिटर सम्म रगत बग्नेमा कोलको भने ४ दिनमा गरी आधा लिटरसम्म रक्तश्राव हुन्थयो ।

नियमित रुपमा रगत बग्ने गरेपछि उनी रक्तअल्पताबाट गम्भीर रुपमा पीडित भइन् र स्कुल पनि जान नसक्ने भइन् । नियमित रुपमा उनलाई उच्च डोजको आइरन चक्की दिइएपनि रगतमा आइरनको मात्रा कम भइरह्यो ।

पछि जाँचका क्रममा उनको त्यो निरन्तरतको रजश्वलाको कारण एक वंशाणुजन्य रोग भएको पत्ता लाग्यो । यसलाई भोन विलब्राण्ड रोग भनिन्छ । यो रोग वंशाणुजन्य रोग हो र यो समस्या भएका मानिसहरु जिवनभर रगत बग्ने समस्याबाट पीडित हुन्छन् । उनीहरुको रगतमा रक्तश्राव रोक्ने तत्व हुँदैन ।

उनको रोग त पत्ता लाग्यो तर त्यसको कुनै उपचार थिएन । उनलाई सुरुमा एउटा औषधिको प्रयोग गरियो जसले झनै साइड इफेक्ट पैदा गर्यो । शल्यक्रिया गरेर पाठेघर काटेर फ्याँक्ने डाक्टरको सल्लाहलाई उनले अस्विकार गरिन् ।

हाल कला निर्देशकको रुपमा कार्यरत कोलले हिम्मत हारिनन् । एडिलेडस्थित हेमोफिलिया केन्द्रको सम्पर्कमा उनी पुगिन् । त्यहाँ उनलाई हेमोफिलिया रोग लागेका पुरुषको उपचारमा प्रयोग गरिने रक्ततत्वबाट उपचार गरियो ।

आश्चर्यजनक ढंगले उक्त उपचारबाट उनको समस्या सुल्भिmयो । पहिलोपटक पाँच वर्षपछि उनको रक्तश्राव ४ दिनमै रोकियो ।

आफ्नो समस्या त समाधान भयो तर उनी भने यत्तिमा रोकिने वाला छैनिन् । आफुजस्तै रजश्वलाको समस्या भोगिरहेका विश्वका सबै महिलाको हितमा उनी केही गर्न चाहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment