काठमाडौं । प्रगतिवादी लेखकहरूको संगठन अखिल नेपाल लेखक संघको नेतृत्वमा कवि तथा उपन्यासकार विष्णु भण्डारी निर्वाचित भएका छन् । शनिबार पेरिसडाँडा कोटेश्वरमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले भण्डारीको अध्यक्षतामा ६९ सदस्यीय केन्द्रीय कार्यसमिति चुनेको हो ।
भण्डारी ४० को दशकबाट प्रगतिवादी साहित्य लेखनमा सक्रिय छन् । उनको उत्सर्ग महाकाव्य, घाइते हि्वलचेयर कविता संग्रह, पहेँलो घाम उपन्यासलगायत आठ कृति प्रकाशित छन् ।
सम्मेलनले यज्ञबहादुर डाँगीलाई प्रथम उपाध्यक्ष निर्वाचित गरेको छ । अन्य उपाध्यक्षहरुमा डा. धनप्रसाद सुवेदी, भानु भण्डारी, डा. मधुसुदन गिरी, सीता शर्मा र सुशीला प्रधानाङ्ग छन् ।
महासचिवमा तेजविलास अधिकारी चुनिएका छन् । सचिवमा इन्द्र कुमार श्रेष्ठ ‘सरित’, कला अनुरागी, चेतनाथ धमला, छवि सुवेदी, जनक रसिक, प्रमोद धिताल, मदन भण्डारी, माधव घिमिरे ‘अटल’ र वैद्यनाथ ठाकुर निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा केवल बिनाबी चुनिएका छन् ।
समितिमा दुई सदस्य दुई नम्बर प्रदेशबाट र दुई सदस्य महिला पछि थप्ने सम्मेलनले निर्णय गरेको छ ।
सम्मेलनको उद्घाटन एकीकृत माओवादी पोलिटब्यूरो सदस्य तथा सांस्कृतिक विभाग इन्चार्ज आहुतिले गरेका थिए ।