Comments Add Comment

अब काठमाडौंमै हिसाब किताब हुन्छः उपेन्द्र यादव

Upendra-Yadav

१२ वैशाख, सिराहा । फोरम लोकतान्त्रिकका नेता शत्रुधनकुमार महतो संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका राजनीतिक समितिका सदस्य एवं पूर्व राज्यमन्त्री महतोको नेतृत्वमा नेता कार्यकर्ता फोरम नेपाल प्रवेश गरेका छन् ।

आइतबार गोलबज़ारमा आयोजित कार्यक्रममा नव प्रवेशी सबै नेता कार्यकर्तालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरे । फोरम लोकतान्त्रिक परित्याग गर्नेमा जिल्ला अध्यक्ष राम चरित्र साह, उपाध्यक्ष अशोक यादव, सचिव राजकुमार महतो, सहसचिव जगदीश महतो, युवा अध्यक्ष सोगरथ यादव लगायत छन् ।

सिरहाका रामऔतार पण्डित र हरिचन्द्र पण्डित पनि कांग्रेस परित्याग गरी फोरम नेपाल प्रवेश गरेका छन् ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको ढोका बन्द गरी सरकारले बन्दूकले आन्दोलन दमन गर्न खोजे परिणाम भयानक हुने चेतावनी दिए ।

वार्ता र संवाद मार्फ़त समाधान खोज्न सरकार गम्भिर नदेखिएकोले संविधान पुनर्लेखनका लागि आन्दोलनको विकल्प नभएको उनले बताए । यादवले भने, ‘अब काठमाडौंमै हिसाब किताब हुन्छ । राजधानी केन्द्रीत शान्तिपूर्ण अहिंसात्मक आन्दोलनले सरकारलाई घुँडा टेकाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment