Comments Add Comment

आगो निभाउँदा महिलाको मृत्यु

१३ वैशाख, अर्घाखाँची। अर्घाखाँचीको धातीबाङ गाविसमा घर नजिकै लागेको आगो निभाउने क्रममा आज बिहान एक महिलाको मृत्यु भएको छ ।

Death-Bodyधातीबाङ–९, दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर स्थानीय ३२ वर्षीय मखमली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।

आगलागीले महिलाको मृत्यु भएको र आगो नियन्त्रणमा नआएकाले आफूसहितको टोली घटनास्थलतर्फ जान लागेको जानकारी दिए ।

आइतबार साँझदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आएको छैन । आगलागीले दुई घर र पाँच गोठ जलेर नष्ट भएका छन् ।

स्थानीयवासी बालसिंह सारुको घर, गोठ, लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको रु एक लाख ३० हजार नगदसमेत जलेर नष्ट भएको छ । तुलबहादुर सारुको घर गोठ जल्दा लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको रु ७२ हजार नगदसमेत जलेर नष्ट भएको स्थानीयवासी कृष्णप्रसाद पौडेलले बताए ।

अन्य स्थानीयवासीका तीन गोठ जलेका छन् । वडा नं ७ र ९ को करिब २५० हेक्टर जङ्गलमा आगो लागिसकेको छ । आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी चौकी टोली लागिपरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment