Comments Add Comment

नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने आईसीसीको निर्णय

नेपाली टोलीले अन्तर्राष्ट्रिय म्याच भने खेल्न पाउने

Icc
१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आन्तरिक विवादमा फसेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ ।

यूएईमा सम्पन्न आईसीसीको बोर्ड र कमिटी मिटिङले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो ।

उसले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत बताएको छ ।

क्रिकेट संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन । त्यसको केही समयपछि परिषद्ले अर्को तदर्थ समिति बनायो । र, निर्वाचित समूह अदालतमा गएपछि आधाकारिकता विवाद सर्वोच्चमा विचाराधिन छ ।

क्यानको विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा हालै मात्र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गएकमो थियो । तर, खेलका लागि नेपाल आएका आईसीसीका ग्लोबल डेभिलोपमेन्ट म्यानेजर जेम्स एण्डरसनले दुबै पक्षसँग छलफल गरेर मिलेर अघि बढ्न सुझाव दिएका थिए ।

साथै उनले क्रिकेट संघ लामो समय नेतृत्वविहीन रहन नसक्ने र आईसीसीको धर्यता टुट्दै गएको बताएका थिए ।

निलम्बनले के हुन्छ ?

आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गर्नुको अर्थ उसले पाउँदै आएको सबै सहयोग रोक्का हुनेछ । आधिकारिकता विवादका कारण आईसीसीले नेपाललाई दिनु पर्ने ९ लाख डलर यसअघिकै आएको छैन ।

आईसीसीले क्रिकेट संघमा सरकारी हस्तक्षेप स्वीकार्य नहुने बताएको छ । क्रिकेट संघले नै क्रिकेट विकासको काम गर्नु पर्ने भन्दै उसले यसमा सरकारी हस्तक्षेप मान्य नहुने बताएको छ ।

साथै उसले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने संकेत दिएको छ ।

नेपाली टोलीले अन्तर्राष्ट्रिय म्याच खेल्न पाउने

निलम्बनले खेलाडीहरु प्रत्यक्ष मारमा नपर्ने भएको छ । क्यान निलम्बन भएपनि नेपाली टोलीले आईसीसीको अन्तर्राष्ट्रिय म्याचहरु भने खेल्न पाउने आईसीसी बोर्ड मिटिङको निर्णय छ ।

नेपाल क्रिकेटको दिगो विकास र तत्कालीन प्रशासनीक कामका लागि नेपालका क्रिकेट समूदाय र अन्य स्केट होल्डरहरुसँग सहकार्य उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment