Comments Add Comment

दुबईमा वाइफाइ चोरेर चलाए कारवाहीमा पर्ने

wifi_dubai१४ वैशाख, काठमाडौं । रोजगारी वा घुम्ने सिलसिलामा दुबईमा हुनुहुन्छ ? आफनो कार्यस्थल र होस्टलमा बस्दा लुकीछिपी छिमेकीहरुको वाइफाइ चलाउनुहुन्छ कि ? अब त्यस्तो गल्ती नगर्नुस् । दुबई सरकारले पासवर्ड चोरेर अर्काको वाइफाइ चलाउनेविरुद्ध कारवाही थालेको छ ।

वाइफाइ पासवर्ड ह्याक गरेर चलाउनु इस्लाम धर्मविपरित हुने भन्दै दुबई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । यसलाई अपराध मान्दै धार्मिर्क कानुनसँग जोडिने हुनाले वाइफाइको पासवर्ड चोरेर चलाउनु अब घातक पनि बन्न सक्छ ।

दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल एक्टिभिटिज डिपार्टमेन्टले अरुको वाइफाइ पासवर्ड चोरेर दुरुपयोग गरे गैर-इस्लामिक हुने चेतावनी (फतवा) जारी गरेको ह्याकरिड डटकमले जनाएको छ ।

आफ्नो वाइफाइको पासवर्ड चोरी भएको भन्दै एक व्यक्तिले सरकारसमक्ष सवाल उठाएपछि डिपार्टमेन्टले कारबाही हुने भन्दै फतवा जारी गरेको हो । अब दुबईमा कार्यरत विदेशी कामदारले पनि अरुको वाइफाइ सुविधा चोरेर दुरुपयोग गर्न पाउने छैनन् ।

निर्देशनमा छिमेकीको वाइफाइ चलाउँदा पूर्व अनुमति अत्यावश्यक हुने उल्लेख छ । अनुमति लिएर चलाउन भनो पाइने डिर्पाटमेन्टले जनाएको छ ।

यसअघि पनि दुबईको प्रहरीले ह्वाट्स एपसहित सामाजिक सञ्जालहरुमार्फत कसैलाई गालीगलौज गरे कारवाही गर्ने बताएको थियो ।

सूचना प्रविधिको प्रयोग गरे इस्लामिक कानुन विपरीतका गतिबिधि बढ्न सक्ने भन्दै दुबईमा यस्ता व्यवस्थाहरु लागू गरिएको धार्मिक अधिकारीले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment