१४ वैशाख, काठमाडौं । सरकारले दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले कायममुकायम महानिरीक्षक राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।
०४३ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरीमा सेवा सुरू गरेका रार्इले उपत्यकाका विभिन्न प्रहरी इकाइमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । उनलाई सरकारले ०६९ भदौ २८ गतेको मन्त्रिपरिषद बैठकबाट सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेका राईलाई गणतान्त्रिक सरकारले नै पदोन्नति गरेपछि सर्वत्र आलोचना भएको थियो । तर आलोचनाकै बाबजुद उनलाई ०७० साल मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बनाउने निर्णय गर्यो ।
जनआन्दोलनका दोषी ठहर भई सर्वाधिक आलोचित बनेका राईलाई नेपाल सरकारले गत ०७२ पुस ३ गते पुनः पदोन्नति गर्दै कायम मुकायम प्रहरी महानिरीक्षकको जिम्मेवारी सुम्पियो ।
यी पनि पढ्नुस्
तीन जनाको नागरिकता मन्त्रिपरिषदबाट खारेज
प्रतिक्रिया 4