१५ वैशाख, काठमाडौं । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लगमा म्यानचेष्टर सिटी र रियल मडि्रड भिड्दा मैदानभित्रको खेलले मात्र ध्यान तानेन, टचलाइनमा पनि गयो ।
खेल गोलरहित बराबरीमा सकियो । यसको दबाव दुबै टोलीका खेलाडीसँगै प्रशिक्षकमाथि पनि रहृयो । रियल मडि्रडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान टचलाइनमा निकै सक्रिय रहे ।
तर, त्यही क्रममा पाइन्ट च्यातिएर जिदानले लाजमर्दो अवस्थाको सामना गर्नु परेको छ ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा जिदानले यो ठूलो विषय नभएको बताएका छन् ।
प्रतिक्रिया 4