Comments Add Comment

चितवन कांग्रेसको उपसभापतिमा कोइराला र सचिवमा न्यौपाने मनोनीत

१७ वैशाख, चितवन । नेपाली कांग्रेस चितवनको उपसभापतिमा कैलाश कोइराला र सचिवमा राजिव न्यौपाने र सहसचिवमा सूर्य अर्याल मनोनीत भएका छन् ।

कांग्रेस चितवनको शुक्रबार सम्पन्न बैठकले जिल्ला सदस्यमा सभापतिका प्रत्यासी दिनेश कोइराला, क्षेत्र नं २ बाट वीरबहादुर थापा र क्षेत्र नं ३ बाट भूपतिदास सापकोटा मनोनीत गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए । जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा प्रस्तावित पदाधिकारी र सदस्य सर्वसम्मतबाट पारित भएको उनले बताए ।

अन्य सदस्यहरु भनेपछि मनोनीत गरिने जिल्ला सभापति श्रेष्ठले बताउनुभयो । जिल्ला सभापति श्रेष्ठ, उपसभापति कोइराला र निर्वाचित सचिव जोशी तीनैजना नेपाल विद्यार्थी सङ्घ चितवनका पूर्व सभापतिहरु हुन् भने मनोनीत सचिव न्यौपाने सङ्घका पूर्व उपसभापति हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment