१८ वैशाख, काठमाडौं । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन् ।
बिहीबार चाढे चार बजे अपर्झट भारत गएका पूर्वराजा ज्ञानेन्ऽ नेपाल फकिएका आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
निजी सचिव सागर तिमल्सिना, निजी अंग रक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि लिएर भारत गएका पूर्वराजा शाहले गोप्य भेटघाट गरेका छन् ।
श्रीमतीको उपचारमा भारत गएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेपाल फर्किए लगत्तै पूर्वराजा शाह भारत गएका हुन् ।
मधेसबादी दलले २६ बुँदे मागसहित पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सो विषयमा छलफल गर्न समेत पूर्वराजा भारत गएको हुन सक्ने आंकलन गरिएको छ ।
भारतले नेपालको संविधानलाई पूर्ण समर्थन नगरेको अवस्थामा पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्व रहेको राजाबादीको विश्लेषण रहेको छ ।
राजतन्त्र फर्के पनि आफू राजा नभई १२ वर्षे नाति हृदयेन्द्रलाई सेरेमोनियल किङ बनाउनका लागिपरेका पूर्वराजाले भारत भ्रमणका क्रममा सो विषय उठान गरेको उच्च स्रोतले जनाएको छ ।
भारत भ्रमणका क्रममा को को सँग भेटघाट भएको औपचारिक जानकारी नदिइए पनि महत्वपूर्ण भेटवार्ता भएको जनाइएको छ ।
प्रतिक्रिया 4