+

बार्सिलोनाका ट्रिओ एमएसएनले तोडे आफ्नो गोल रेकर्ड

२०७३ वैशाख  १९ गते १०:०१ २०७३ वैशाख १९ गते १०:०१
बार्सिलोनाका ट्रिओ एमएसएनले तोडे आफ्नो गोल रेकर्ड

MSN१९ वैशाख, काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोनाका ट्रिओ स्ट्राइकर एमएसएनले गत सिजन बनाएको आफ्नै गोल रेकर्ड तोेडेका छन् ।

शनिबार राति बार्सिलोनाले रियल बाटिसलाई २-० ले पराजित गर्दै लुइस स्वरेजले गोल गरे । यससँगै बार्सिलोनाका तीन स्ट्राइकर एमएसएन अर्थात लिओनल मेस्सी, लुइस स्वरेज र नेयमारले यो सिजन १२३ गोल गरेका छन् ।

गत सिजन एमएसएनले १२२ गोलको रेकर्ड बनाएका थिए । जसमा मेस्सीले ५८ गोल गरेका थिए ।  यो सिजन स्वरेज अगाडि छन् । उनले ला लिगामा ३५ गोल गरेका छन् र सिजनमा उनको व्यक्तिगत गोल संख्या ५४ पुगेको छ ।

अर्जेन्टिनी स्टार मेस्सीले ४० गोल गरेका छन् भने नेयमारले २९ गोल गरेका छन् ।

नेयमार बार्सिलोना स्वरेज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय