Comments Add Comment

नेपाल टेलिकमको ५० प्रतिशत लाभांश पारित

स्वीकृति पाउनासाथ फोरजी सेवा सुरु गर्छौं : सचिव थपलिया

Nepal Telecome
२० वैशाख, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न कम्पनीको आठौं वाषिर्क साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

टेलिकमले यही वैशाख २१ गतेदेखि लाभांश वितरण सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०७१/७२ को मुनाफा १४ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ मध्येबाट चुक्ता पुँजीको ५० प्रतिशतका दरले लाभांश वितरण गर्न लागिएको हो ।

साधारणसभामा सञ्चार सचिव दिनेशकुमार थपलियाले ग्रामीण क्षेत्रमा अप्टिकल फाइवर सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरण गर्ने लक्ष्यअनुरुप थि्रजी सेवालाई विस्तार गरेको बताए । उनले नेटवर्क क्षमतालाई विस्तार गरी आइपीसीडीएमए प्रविधिमा आधारित इभिडियो उपलब्ध गराउने तथा वाइम्याक्स सेवामार्फत आकर्षक डाटा सेवा उपलब्ध गराउने प्रयासलाई जारी राख्ने प्रतिवद्धता जाहेर गरे ।

नियामक निकायबाट स्वीकृति पाउने वित्तिकै फोरजी सेवा उपलब्ध गराउने गरीसम्पूर्ण रुपमा तयारी गरेको बताउँदै सचिव थपलियाले कम्पनीको संगठनात्मक स्वरुपमा परिवर्तन गरी चुस्त दुरुस्त बनाउनको लागि कम्पनीको पुनःसंरचनाको कार्य अगाडि बढाइएको जानकारी गराए ।

सचिव थपलियाले मोबाइल सेवा सँगसँगै डाटा सेवाको विस्तारको लागि वायरलाइन ब्रोडब्याण्ड (एडीएसएल/एफटीटीएच) तथा वायरलेस ब्रोडब्याण्ड (थ्रिजी, एलटीइ, इभिडियो, वाइम्याक्स) सेवालाई देशव्यापी रुपमा प्रर्वद्धन गर्ने प्रतिवद्धता जाहेर गरे ।

कम्पनीको दीर्घकालीन बजार विस्तारको लागि स्ट्राटेजिक एन्ड मार्केटिङ तयार गरिसकेको सचिव थपलियाको भनाई छ । जसअन्तर्गत आगामी दिनमा कम्पनीको मार्केट शेयर अधिकतम रुपमा बृद्धि गर्दै जानेे लक्ष्य राखिएको छ ।

सचिव थपलियाले कम्पनीका सेवाहरुको गुणस्तर सुधार, टेक्निकल अडिट, कस्टमर सर्भे र भेलु एडेड सर्भिस आदिलाई अझै व्यवस्थित बनाउनेे तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment