Comments Add Comment

सामाजिक संजालमा टिप्पणी गर्दा क्यानडेली नागरिक पक्राउ

२० वैशाख, काठमाडौं । नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने एक क्यानडेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

रोबर्ट पेन्नरलाई अध्यागमन विभागको अनुरोधमा ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो । विभागका महानिर्देशक केदार न्यौपानले क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि पक्राउ गरिएको जानकारी दिए ।

उनी भिन्नाभिन्नै प्रवेशाज्ञाका नाममा विगत तीन-चार वर्षदेखि नेपालमा बस्दै आएका थिए । हाल कामदार प्रवेशाज्ञामा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दै आएका थिए ।

कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोहीअनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुनविपरीत मानिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment