Comments Add Comment

जापानमा नेपालीको कार्यक्रममा जब मोदी पुगे …

manoj gajurelटोकियो । सोमबार जापानको राजधानी टोकियोमा सेतो फुलेको कपाल र दाह्री भएको एक भारतीय नागरिक एक्कासी सेतो दौरा सुरुवालमा देखिए । हेर्दा ठ्याक्कै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीझै देखिने, शरीरको ड्रेस उस्तै, बोल्ने शैली पनि उस्तै र हाउभाउमा पनि ठ्याक्कै मोदी ।

उनै व्यक्ति हजारौं दर्शकको भीड छुचुल्दै जब स्टेज उक्लिए दर्शकदीर्घाहरु अब मोदीले जापानमा पनि नेपाल बिरुद्ध बोल्छन् भन्ने अपेक्षा गर्दै सम्पूर्ण ध्यान स्टेजतिर केन्द्रित गरे ।

 तर माहोल दर्शकको अपेक्षाकृत सोचाई भन्दा किनै फरक देखियो । नाकानो जिरो हल एकाएक दर्शकहरुको हाँसोले गुञ्जाएमान बन्यो । यसरी दर्शदीर्घालाई हाँस्न बाध्य बन्दै थिए नेपालबाट आमन्त्रित चर्चित हास्यकलाकार मनोज गजुरेल ।

गजुरेलले भारतीय प्रम मोदीको हुबहु नक्कल गर्दै हालै नेपालमाथि भारतले गरेको अघोषित नाकाबन्दीको व्यङ्ग्यात्म शैलीमा भरतको हेपाहा प्रवृत्ति, नेपालको सामाजिक र राजनैतिक विकृतिमाथि आफ्नो प्रस्तुती राख्दै दर्शकहरुलाई हसाए । उनले भारतीय प्रभुसामु नेपालका नेताहरुको लम्पसार पर्ने प्रवृत्तिको उछिट्टो मात्र काढेनन् भारतले नेपाललाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने गरेको, स्वतन्त्र राष्ट्र नेपालको स्वाधिनतामाथि कुनै पनि बेला धावा बोल्न सक्ने खतरा जस्ता चेतनामुलक सन्देश प्रवाह गरेका थिए ।

त्यस्तै ‘साँझमा पनि रातमा पनि’ बोलको गीत गाउँदै स्टेज उक्लिएका के थिए, दर्शकदीघाबाट ताली बजाएर चर्चित पप गायक निमा रुम्बालाई भव्य स्वागत गरे । प्रायः स्टेज कार्यक्रममा दर्शकदीर्घाको भीडमा पुगेर आफ्नो प्रस्तुती दिन रमाउने गायक रुम्बा नाकानो जिरो हलमा उपस्थित हजारौं दर्शकको भीडमा पूग्ने इच्छा गर्दागर्दै पुग्न सकेनन् ।

nima rumbaहलको क्षमताभन्दा सयौं बढी दर्शकको भीड लागेको सो हलभित्र पुग्नेहरु सिटमा बसेर कार्यक्रम हेर्दै थिए भने धेरैले भुईमै बसेर हेर्न बाध्य भए ।

स्टेज प्रस्तुतीमा निकै अब्बल मानिएका रुम्बा यस पटक पनि चुकेनन् । उनले हजारौं दर्शकको भीडलाई धित मरुञ्जेल मनोञ्जन प्रदान गरे । उपस्थित युवाहरु आ–आफ्नो स्थानमा उठेर रुम्बाको गीतको तालमा ताल मिलाउन थाले । रुम्बा पनि दर्शकको ध्यान स्टेजतिर तान्न गाउँदै गर्दा माईक दर्शकतिर ते¥साउँदै थिए । ‘मेरी प्रियसी’, ‘रङ्गाउकी म’, ‘मिस क्याट वाक’, ‘आउआउ न’, ‘प्रिती बस्यो’ लगायत आफ्ना आधा दर्जन गीत गाउँदै गायक रुम्बाले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

japan programmeसिद्वार्थ बैंक तथा सिद्धार्थ रेमिटले अाैपचारिक सेवा सुरू गरेकाे अवसरमा आयोजना भएको नेपाली साँझमा गायिका काजल गुरुङले पनि आफ्ना चर्चित गीतमार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे । ‘बुझे मैलेनी’, ‘नाकमा झिल्के बुलाकी’, ‘ठिक छैन जमाना’, ‘फुलफुलेर पहेलै भयो’, ‘सालैजो भाका’का गीतहरु गाउँदै दर्शकहरुलाई छमछमी नचाईन् ।

यसैगरी टेलिसिरियल भद्रगोलका ‘पाँडे बूढो’ (अर्जुन घिमिरे) र ’जिग्री ब्रो’ (कुमार कट्टेल) ले युगल प्रहसनमार्फत नेपाली समाजमा ब्याप्त विकृति र बिसंगतिप्रति कटाक्ष गर्दै दर्शकहरुलाई हसाँएर मनोरञ्जन दिलाए ।

उनीहरुले दैनिक लोडसेडिङ, धुलोधुवाँ, बेरोजगारी, महंगी जस्ता जनजिविकाको सवालमा सरकारले नेपाली जनताको आधारभुत आवश्यकता पुरा गर्न नसकेको, नेपाली जनताहरु सँधै पिल्सिएर बस्न परिरहेको अवस्थातर्फ इङ्गित गर्दै निम्छरो सरकारले आफ्नो उपस्थिति देखाउन नसकेकैले बाध्य भएर लाखौं नेपाली युवाहरु बिदेशमा जानुपरेको यथार्थतालाई प्रहसन मार्फत तिखो ब्यङ्ग्य कसेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment