Comments Add Comment

न्युजिल्याण्ड पहिलो पटक टी-२० को शीर्ष स्थानमा

एकदिवशीयमा अष्ट्रेलियाको प्रभुत्व यथावत

Newzeland

२२ वैशाख, काठमाडौं । टेष्ट क्रिकेटको विश्व बरियतामा मंगलबार शीर्ष स्थानमा उक्लिएको अष्ट्रेलियाले एशदिवशीयको विश्व बरियतामा पनि शीर्ष स्थान कायमै राखेको छ । टी-२० बरियतामा न्युजिल्याण्डले पहिलो पटक शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले बुधबार सार्वजनिक गरेको विश्व बरियतामा दुई अंक घटेपनि १२४ अंकका साथ शीर्ष स्थानमा आफुलाई कायमै राखेको हो । बरियताको दोस्रो स्थानमा पनि ११३ अंकका साथ न्युजिल्याण्ड कायमै छ । अष्ट्रेलिया र न्युजिल्याण्ड गत बर्षको एकदिवशीय विश्वकपको फाइनल खेलेका थिए ।

नयाँ बरियताको तेस्रो स्थानमा ११२ अंकका साथ दक्षिण अफ्रिका उक्लिएको छ भने भारत एक स्थान घटुवा हुँदै चौथो स्थानमा झरेको छ । उसको १०९ अंक छ ।

त्यस्तै नयाँ बरियताको पाचौं, छैटौं, सातौं स्थानमा श्रीलंका, इंग्ल्याण्ड र बंगलादेश यथावत छन् । वेष्ट ईण्डिज ८औं र पाकिस्तान नोवौं स्थानमा छ । अफगानिस्तान दशौं, जिम्बाबे ११औं र आयरल्याण्ड १२औं स्थानमा छन् ।

टी-ट्वान्टीको शीर्ष बरियतामा न्युजिल्याण्ड

यता आइसीसीले बुधबारै सार्वजनिक गरेको टी-ट्वान्टी विश्व बरियतामा न्युजिल्याण्डले उत्कृष्ट फड्को मार्दै शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्याण्ड पहिलो पटक आइसीसी ट्वान्टी ट्वान्टी बरियताको शीर्ष स्थानमा उक्लिएको हो ।

१२ अंक सुधार गर्दै १३२ अंकका साथ न्युजिल्याण्ड दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको हो । समान १३२ अंक भएपनि भारत दोस्रो स्थानमा झरेको छ ।  भारतमा सम्पन्न टी-ट्वान्टी विश्वकपमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।

एक स्थान झरेर वेष्ट इण्डिज तेस्रो स्थानमा पुगेको छ । यद्यपी उ विश्व बिजेता टोली हो । नयाँ बरियतामा दक्षिण अफ्रिका चौथो, इंग्ल्याण्ड पाचौं, अष्ट्रेलिया छैटौं, पाकिस्तान सातौं र श्रीलंका आठौं स्थानमा छन् ।

त्यस्तै अफगानिस्तान नोवौं, बंगलादेश १०औं, नेदरल्याण्ड्स ११औं, जिम्बाबे  १२औं, स्कटल्याण्ड १३औं, युएई १४औं, आयरल्याण्ड १५औं, ओमान १६औं र हङकङ १७औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment