+

१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु

२०८३ मंसिर  ११ गते १९:१० २०८३ मंसिर ११ गते १९:१०

११ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मल्लले प्रतियोगितालाई सभ्य र भव्य बनाउनुपर्ने बताए।

‘दशौँ राष्ट्रिय खेलकुद हाम्रो महाकुम्भ हो,’ उनले भने, ‘सबै मिलेर यसलाई सभ्य र भव्य बनाउनुपर्छ।’

कभर्डहलमा भइरहेको प्रतियोगितामा १० टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

१०औँ राष्ट्रिय खेलकुद फुल कन्ट्याक्ट कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय